Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्वास्थ्य परीक्षणलाई चुस्त र प्रभावकारी वनाउन दलहरुको माग
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्वास्थ्य परीक्षणलाई चुस्त र प्रभावकारी वनाउन दलहरुको माग

संसारपोस्ट संवाददाता · ७ बैशाख २०७७ · 0
स्वास्थ्य परीक्षणलाई चुस्त र प्रभावकारी वनाउन दलहरुको माग
80
SHARES
ShareTweet


भैरहवा, ७ बैशाख । रुपन्देहीमा क्रियाशिल विभिन्न राजनैतिक दलहरुको आईतबार भैरहवामा बसेको संयुक्त बैठकले सघीय सरकारले अवलम्वन गरेको विपद ब्यवस्थापन समितिमा प्रदेश, जिल्ला एबं स्थानीय स्तरमा सर्वदलीय संयन्त्र निर्माण नभएकाले राहत वितरणमा एकरुपता नभएको, ब्यापक अनियमितता भएको, अनुगमन नभएको र कालो बजारी भएको ठहर गरेको छ ।
बैठकले हाल वितरण भैरहेको राहत सामाग्री खरिदमा अनियमितता र वितरणमा पूर्वाग्रह र विभेद गरिएको निष्कर्ष सहित दैनिक ज्यालादारी, निम्न आय भएका तथा विपन्न परिवार, भाडामा वस्ने विद्यार्थी र मजदुरको पहिचान गरी परिवार संख्याको आधारमा नियमित रुपमा राहत वितरण गर्न माग गरेको छ ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको अध्यक्षतामा भैरहवामा बसेको बैठकले लक डाउनका कारण सडकमा अलपत्र परेका नागरिकका लागि खानपानको उचित ब्यवस्थापन गरी सवारी साधनको समेत प्रवन्ध मिलाई गन्तब्यमा पुर्याउने ब्यवस्था मिलाउन सम्वन्धित सरोकारवाला पक्षलाई अनुरोध गरेको छ ।
नेपाल प्रबेश गर्नका लागि लामो समयदेखि भारतीय सिमानामा आएर क्वारेण्टाइनमा बसेका नेपाली नागरिकलाई स्वास्थ्य परीक्षण गरी नेपाल प्रबेश गराई शंकाष्पद विमारीलाई क्वारेण्टाइनमा राखी अन्यलाई घर जाने ब्यवस्था मिलाउन पनि दलहरुले माग गरेका छन् ।
नेपाली काँग्रेस, राष्ट्रिय समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त बैठकले बजारमा देखिएको दैनिक उपभोग्य वस्तुको अभाव, चरम मूल्य बृद्धि, कालोबजारी नियन्त्रण गर्न र स्थानीय कृषि उत्पादनको बजार ब्यवस्थापन गर्न माग गरेको छ । यस्तै नेपाल सरकारले वर्तमान अवस्थामा गरिरहेको स्वास्थ्य परीक्षण कार्य सुस्त रहेकाले सीमा क्षेत्रमा बस्ने र आम नेपालीको स्वास्थ्य परीक्षणलाई चुस्त र प्रभावकारी वनाउन माग गरिएको छ ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र जनताको सेवामा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, पत्रकारलगायतलाई धन्यवाद त्रापन गर्दै बैठकले लकडाउनको पूर्ण पालना गरी आफु पनि बाँच्न र अरुलाई पनि बचाउन सबैमा अनुरोध गरेको छ ।


बैठकमा नेपाली काँग्रेसका सभापति अब्दुल रज्जाक, कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, राष्ट्रिय समाजवादी पार्टीका राम अवतार यादव, राष्ट्रिय जनता पार्टीका अजयकुमार वर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर प्रताप राण, ताहिर अली र अजय कुमार गुप्ताको सहभागिता रहेको थियो ।

≪ Previous Post

तिलोत्तमाको प्रकोप व्यवस्थापन कोषमा ७० लाख बढि रकम जम्मा

Next Post ≫

अलपत्र करिव २ सय निर्माण मजदुरलाई तिलोत्तमाले उद्दारगरि बसमा घर पठायो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क