Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाको प्रकोप व्यवस्थापन कोषमा ७० लाख बढि रकम जम्मा
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमाको प्रकोप व्यवस्थापन कोषमा ७० लाख बढि रकम जम्मा

संसारपोस्ट संवाददाता · ७ बैशाख २०७७ · 0
तिलोत्तमाको प्रकोप व्यवस्थापन कोषमा ७० लाख बढि रकम जम्मा
90
SHARES
ShareTweet

लकडाउन पछि ३३ सय परिवारलाई राहत, २२ लाख खर्च



तिलोत्तमा, ७ बैशाख । विश्वब्यापी महामारीका रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) को उच्च जोखिमबाट बच्न र संक्रमण फैलिन नदिन तिलोत्तमा नगरपालिकाले स्थापन गरेको प्रकोप ब्यवस्थापन कोषमा विभिन्न संघ संस्था तथा ब्यक्तिहरुले सहयोग गरिरहेका छन् । संघसंस्था तथा ब्यक्ति बिशेषले स्वतस्फुर्त रुपमा कोषमा सहयोग गरेका छन् भने कोषमा अहिलेसम्म ७० लाख वढि रकम जम्मा भैसकेको नगरपालिकाले जनाएको छ ।
कोषमा संस्थागत सहयोग गर्ने क्रममा तिलोत्तमा नगर क्षेत्रका उद्योगी ब्यवसायीको संस्था तिलोत्तमा उद्योग वाणिज्य संघले पनि सहयोग गरेको छ । तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आइतबार तिलोत्तमा उद्योग बाणिज्य संघले ५५ हजार रुपैयाँ प्रदान गरेको छ । संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव) ले नगर प्रमुख वासुदेव घिमिरेलाई ५५ हजार रुपैयाँको चेक प्रदान गर्नुभएको हो । त्यस अवसरमा नगरप्रमुख घिमिरेले राहत कोषमा सहयोग गरेकोमा संघलाई धन्यवाद दिंदै विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोनाको रोकथामका लागि एकल प्रयाशले मात्र सम्भव नहुने र सामुहिक प्रयाशले मात्र सम्भव हुने भएकाले सबैको साथ र सहयोगको आवश्यक्ता औल्याउनु भयो । नगरपालिकाले यसरी कोषमा प्राप्त हुने रकम नगरपालिकाले भरपाई गरेर लिने र सबैको राय सुझाव लिएर कोषमा जम्मा भएको रकमको सही सदुपयोग गर्ने बताउनुभयो ।
यस्तै तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार एवं सिद्धार्थ राइसमिलका सञ्चालक चन्द्रमान श्रेष्ठले भलवारी स्वचालित राइस मिलका तर्फबाट २५ हजार र सिद्धार्थ राइसमिलका तर्फबाट २५ हजार गरी ५० हजार रुपैयाँको चेक राहत कोषका लागि प्रदान गर्नुभएको छ । श्रेष्ठले राहत रकम नगरप्रमुख वासुदेव घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो ।


यस्तै तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा हालसम्म नगरपालिकाका कर्मचारी तथा शिक्षकहरुको तीन दिन बराबरको तलबबाट १७ लाख २ हजार ६६५ रुपैयाँ जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिनुभयो । त्यस्तै कोषमा नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ४ लाख ५० हजार रुपैंयाँ सहयोग गरेका छन् भने प्याब्सन तिलोत्तमाले पनि कोषमा ४ लाख रुपियाँ सहयोग गरेको छ ।
कोषमा जनप्रतिनिधि, विभिन्न व्यक्ति, संघ—संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी, विद्यालय, क्लव, व्यवसायिक प्रतिष्ठानलगायतले सहयोग गरेका छन् । सबैभन्दा धेरै सहयोग सहकारी क्षेत्रबाट प्राप्त भएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी गराउनु भयो ।
नगरपालिकाको आह्वानअनुसार नगरमा रहेका सहकारी, बैंक तथा वित्तीय संस्था, व्यक्ति, विद्यालय, क्लव, आमा समूह, व्यवसायिक प्रतिष्ठानले नगरपालिकाको कोषमा राहत रकम जम्मा गरेका हुन् । यसअघि नैं स्थापना गरिएको कोषलाई कोरोना महामारी रोकथाम, पूर्वतयारी तथा उपचारको सन्दर्भमा मजबुद बनाउन नगरपालिकाले गरेको अपिलअनुसार हालसम्म झण्डै ७० लाख नगद संकलन भएको हो । यस्तै नगरपालिकाले स्थापना गरेको खाद्य बैंकमा नगदको अतिरिक्त ७६ क्विन्टल चामल, एक क्विन्टल दाललगायतका खाद्यबस्तु समेत संकलन भएको छ । नगरपालिकालाई विभिन्न व्यक्ति तथा वित्तीय संस्थाहरुले यी सामाग्री प्रदान गरेका हुन् । खाद्य सामाग्री संकलनका लागि नगरका १७ वटै वडामा खाद्य बैंकको शाखा स्थपना गरिएको नगरपालिकाले जनाएको छ ।
कोषको रकमबाट दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारका लागि राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, कोरोना सम्बन्धी सचेतना अभिवृद्धि, भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको खोजी, स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षण सामग्री व्यवस्थापनलगायतका काम सञ्चालन गरिएको नगर प्रमुख घिमिरेले बताउनु भयो ।
तिलोत्तमा नगरपालिकाले सरकारले गरेको लकडाउन सुरु भएयता अहिलेसम्म करिव ३३ सय घरपरिवारलाई राहत वितरण गरेको छ । नगरपालिकाले १७ वटै वडाका अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । हालसम्म राहत वितरणमा नगरपालिकाबाट करिव २२ लाख रुपैंयाँ खर्च भएको छ ।
नगरपालिकाले २५५ क्विन्टल चामल, ७१ क्विन्टल दाल, ३२ क्विन्टल नुन तथा १४४० पिस साबुन खरिद गरेर राहतस्वरुप वितरण गरेको नगर उपप्रमुख तथा राहत वितरण व्यवस्थापन समिति संयोजक जागेश्वरी चौधरीले जानकारी दिनुभयो । चामलको खरिद मुल्य प्रतिकेजी सरदर ५३ रुपैंयाँ, दालको १०१ रुपैंयाँ र नुनको २० रुपैंयाँ रहेको उहांले वताउनु भयो ।
पहिलो चरणमा २२ सय परिवारलाई राहत वितरण गरिएकोमा दोस्रो चरणमा थप ११ सय परिवारमा राहत पु¥याइएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी गराउनु भयो । प्रवक्ता श्रीका अनुसार नगरपालिकाले लकडाउनको समय अझै बढेमा राहत वितरण प्रणालीलाई परिवार संख्याको आधारमा अघि बढाउने तयारी गरेको छ ।

≪ Previous Post

कालिगन्डकीद्धारा प्रकोप व्यवस्थापन कोषमा २५ हजार सहयोग

Next Post ≫

स्वास्थ्य परीक्षणलाई चुस्त र प्रभावकारी वनाउन दलहरुको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क