तिलोत्तमा ७ बैशाख
कालिगन्डकी बचत तथा ऋण सहकारी संस्था लि. तिलोत्तमा ३ ले ‘कोभिड १९’ नियन्त्रणका लागि प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेको छ ।
सहकारीले आइतवार तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा २५ हजार १ सय ५५ रुपियाँ जम्मा गरेको सहकारीका अध्यक्ष यज्ञप्रसाद सापकोटाले जनाकारी दिनु भयो । ‘विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस र त्यसको संक्रमण रोकथामका लागि सानो सहयोग होस भनेर सहयोग गरेका हौँ ।’ –उहाँले भन्नु भयो । सहकारीले समाजिक उत्तरदायित्व अन्तरर्गत सहयोग गरेको सहकारीका अध्यक्ष सापकोटाले बताउनु भयो ।
तिलोत्तमा नगरपालिका वडा न. ३ का वडा अध्यक्ष मार्फत सो रकम कोषमा जम्मा गरिएको हो । चेक ग्रहण गर्दै वडा न. ३ का वडा अध्यक्ष टंक तिवारीले विपदको समयमा संघ संस्थाहरुले सदासयता देखाउनु सकारात्मक पक्ष भएको बताउनु भयो । उहाँले यस प्रकारका सहयोगले नै नगरपालिकाले राहतको कार्य गर्न सक्षम हदै गएको धारणा राख्नु भयो ।
