Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ दिल्ली धार्मिक सभाबाट भागेका दुई मुस्लिम सुस्तामा पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दिल्ली धार्मिक सभाबाट भागेका दुई मुस्लिम सुस्तामा पक्राउ

संसारपोस्ट संवाददाता · १ बैशाख २०७७ · 0
दिल्ली धार्मिक सभाबाट भागेका दुई मुस्लिम सुस्तामा पक्राउ
80
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ



नवलपरासी, १ बैशाख । भारतको दिल्लीमा भएको निजामुद्धीन तब्लिकी जमातको सभाबाट भागेर सुस्ता हुदै पैदल नेपाल छिरेका दुई जनालाई नवलपरासीमा स्थानीयले समातेर भारतीय प्रहरीलाई बुझाएका छन् ।
भारतबाट हिडेर सुस्ताको बाटो हुंदै नेपाल छिर्दै गरेका सुनसरी इनरुवा नगरपालिका कपडि बस्ने ६५ वर्षका अब्दुल मिया र सलमान मियालाई नियन्त्रणमा लिएर स्थानीयले भारतीय प्रहरीको जिम्मा लगाएको स्थानीय अंगद यादबले जानकारी दिनुभयो ।
उनीहरु सभा सकिएको २१ दिनपछि भारतको महाराजगंजको करमिसवा हुदै नेपालको सुस्ता हुँदै नवलपरासी छिरेको बेला सोमवार बिहान ६ बजे स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
सुस्ता गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रभुनाथ यादबको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर भारतीय सुरक्षाकर्मीलाई बुझाइदिएको अध्यक्ष यादवले बताउनु भयो ।
नेपाल छिर्नु अघि सुस्तामा भारतीय सुरक्षाकर्मी (भारत तर्फका)ले उनीहरुलाई नेपाल प्रबेश गर्न दिएका थिए । वडा अध्यक्ष यादवले उनीहरु नेपाल छिरेको जानकारी स्थानीयले दिनासाथ बिहानै समातेर भारतीय सुरक्षाकर्मीलाई बुझाइदिएका थिए ।


उक्त सभामा सहभागी भएका तर लकडाउन र सीमा नाका बन्दका कारण नेपाल छिर्न नपाएका अझै कैयौं नेपालभारत सिमा नाका आसपासमा रहेका मस्जिदमा लुकेर बसेको आशंका गरिएको छ ।
पश्चिम नवलपरासीमा नेपाल भारत खुल्ला सिमा नाकाका साथै खेतबारीबाट पनि प्रवेश गर्न मिल्ने प्रशस्त गोरेटो बाटोहरु भएका कारण सीमा नजिकै घर रहेका नेपाली र भारतीयहरुको आउजाउ अझै पनि जारी रहेको स्थानीय रविन्द्र यावदले बताउनु भयो ।
विशेष गरेर रातको समयमा भारतमा रहेका नेपालीहरु यस्तो बाटो प्रयोग गरेर नेपाल छिर्ने गरेपछि नेपाली स्थानीय बासिन्दा र प्रहरीले निगरानी बढाएका छन् । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती र चेकिङ्ग पोष्टहरु समेत बढाइएको छ । त्यसैगरी सीमा क्षेत्रमा रातिको समय अँध्यारोको फाइदा उठाउँदै हिड्न सक्ने भएकोले त्यस्तो बाटोहरुमा विजुली बत्ति समेत जडान गरिएको छ ।

≪ Previous Post

पश्चिम नवलपरासीमा नेपाली काँग्रेसले दियो १ सय थान पीपीई

Next Post ≫

लुम्बिनीमा वृहत रक्तदान, प्रदेश सांसद खानसहित ४७ जनाले दिए रगत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क