Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पश्चिम नवलपरासीमा नेपाली काँग्रेसले दियो १ सय थान पीपीई
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पश्चिम नवलपरासीमा नेपाली काँग्रेसले दियो १ सय थान पीपीई

संसारपोस्ट संवाददाता · १ बैशाख २०७७ · 0
पश्चिम नवलपरासीमा नेपाली काँग्रेसले दियो १ सय थान पीपीई
90
SHARES
ShareTweet

परासी, १ बैशाख । नेपाली काँग्रेस जिल्ला समिति पश्चिम नवलपरासीले जिल्लाका सबै ७ स्थानीय तहलाई पीपीई उपलब्ध गराएको छ । उपलब्ध गराइएको पीपीईको मूल्य २ लाख ५० हजार रुपैयाँ रहेको छ ।
त्रिभुवन क्याम्पस बेलाटारी पश्चिम नवलपरासीका पूर्व स्ववियू इकाई सभापति चन्द्रकान्त खनालले उपलब्ध गराएको पीपीई पार्टीका जिल्ला कार्यबाहक सभापति अर्जुनकुमार पोखरेलको नेतृत्वमा पुगेको पूर्व संविधासभा सदस्यद्धय देवकरण कलवार, विक्रम खनाललगायतको टोलीले सोमबार स्थानीय तहहरुलाई हस्तान्तरण गरेको हो ।
भारतीय सीमासँग जोडिएको पश्चिम जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । जिल्लामा पीपीई अपुग रहेको जानकारी आएपछि स्थानीय तह मार्फत उक्त सामाग्री उपलब्ध गराइएको काँग्रेसका कार्यबाहक सभापति पोखरेलले बताउनुभयो । उपलब्ध गराइएका पीपीईमा सुनवल नगरपालिकालाई २० थान छ । त्यसैगरी रामग्राम र बर्दघाट नगरपालिकालाई १५÷१५ थान, प्रतापपुर, सुस्ता, पाल्हीनन्दन र सरावल गाउँपालिकालाई १०÷१० थान प्रदान गरिएको छ ।
त्यसैगरी एम्बुलेन्स चालकका लागि ५ थान र आवश्यक परेका बेला उपलब्ध गराउन भन्दै प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल मार्फत जिल्ला विपद् व्यवस्थापन समितिलाई ५ थान पीपीई उपलब्ध गराइएको छ । उपलब्ध गराइएको पीपीई डबल कभरसहित एयर टाईट र वाटर पु्रफ रहेको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होलाले बताउनु भयो । ‘यो पीपीई धोएर पुन लगाउन मिल्नुका साथै सेनिटाईजर गरेपछि आइसोलेसन कक्षमा पनि प्रयोग गर्ने खालको छ ।’ उहांले भन्नुभयो ।

≪ Previous Post

प्रदेश ५ सरकारको राहत कोषमा निर्माण व्यवसायीको १३ लाख सहयोग

Next Post ≫

दिल्ली धार्मिक सभाबाट भागेका दुई मुस्लिम सुस्तामा पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क