Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोरोना विरुद्धको अभियानमा एकिकृत रुपमा लडौँ : मुख्यमन्त्री पोखरेल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना विरुद्धको अभियानमा एकिकृत रुपमा लडौँ : मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · १ बैशाख २०७७ · 0
कोरोना विरुद्धको अभियानमा एकिकृत रुपमा लडौँ : मुख्यमन्त्री पोखरेल
90
SHARES
ShareTweet


बुटवल, १ बैशाख । प्रदेश ५ का मुख्यमन्त्री शँकर पोखरेलले कोरोना विरुद्धको अभियानमा एकिकृत रुपमा अगाडी बढ्न आह्वान गर्नुभएको छ ।
नयाँ वर्ष २०७७ सालको शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले नागरिकलाई कोरोना भाइरसबाट संक्रमित हुन नदिन तीन सातादेखि मुलुकमा लकडाउन जारी रहेकाले लकडाउन भित्रै नयाँ उत्साह र उमङ्गका साथ घरमै बसेर नयाँ वर्ष मनाउन आग्रह गर्नुभएको छ । ‘नयाँ वर्षको नयाँ उमंग, नयाँ उत्साह र नयाँ अठोटले कोरोना विरुद्धको संघर्षमा एकीकृत रुपमा अघि बढाउन हामी सफलहुने विश्वास लिएको छु ।’ सन्देशमा उल्ल्ेख छ ।
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको संघर्षमा रहेको मुलुकलाई सरकारले लकडाउनमा राख्ने निर्णय बेलैमा गरेकाले समुदायमा संक्रमण नबढेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले संक्रमित १२ जनामध्ये एक जनाबाहेक सबै बाहिरबाट आएका व्यक्तिमा संक्रमण देखिएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
कोरोना विरुद्धको संघर्षमा तीन तहका सरकार समन्वय र सहकार्य गर्दै अघि बढेको उल्लेख गर्दै शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले राजनीतिक, प्रशासनिक र सुरक्षा निकायलाई एकीकृत र व्यवस्थित रुपमा परिचालन गरिएको छ भने यो महामारी विरुद्धको संघर्षमा देखिएको राजनैतिक समझदारीले काममा जुटिरहेकाको मनोबल बढाएको उल्लेख गर्नुभएको छ ।
‘कोभिड १९ विरुद्धको संघर्षमा चिकित्सकसहितका स्वास्थ्यकर्मी अग्रमोर्चाका योद्धा रहेको भन्दै मुख्यमन्त्रीले उनीहरुको मिहिनेत र उच्च मनोबललाई आफूले उच्च सम्मान व्यक्त गरेको उल्लेख गर्नुभएको छ ।


‘अहिलेसम्म हामी सुरक्षित छाँैं तर जोखिमबाट मुक्त छैनाँैं, कोरोनाविरुद्ध लड्दै प्रदेशलाई कोरोनाबाट सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरेका छाँैं । कोरोनाविरुद्ध प्रभावकारी ढङ्गले छिटो, व्यवस्थित र समन्वयात्मक रूपमा कामगर्न मेरो अध्यक्षतामा गठन भएको सङ्कट व्यवस्थापन केन्द्र सक्रिय छ ।’ शुभकामना सन्देशमा उल्लेख छ ।
कोरोना विरुद्धको लडाइँमा प्रदेशले उपचार संयन्त्र र संरचनालाई प्रभावकारी बनाएको उल्लेख गर्दै सन्देशमा रुपन्देहीको बुटवल र भैरहवा, दाङको बेलझुण्डी र बाँकेको खजुरामा आइसियु सहितको कोरोना विशेष अस्पताल तयार गरेका छौं भनिएको छ ।

≪ Previous Post

राहत वितरणमा विभेद र राजनीति नगर : काँग्रेस

Next Post ≫

प्रदेश ५ सरकारको राहत कोषमा निर्माण व्यवसायीको १३ लाख सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क