नवलपरासी, २६ असार । विप्लव निकट विद्यार्र्थी संगठन अखिल (क्रान्तिकारी) नवलपरासी (सुस्ता पश्चिम) का अध्यक्ष शारदा भण्डारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
विहीवार उनलाई सरावलको बासाबसही चोकबाट गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय परासीमा राखिएको प्रहरीले जनाएको छ । कपिलवस्तु घर भई राजनीतिक कार्यक्षेत्र नवलपरासीलाई बनाउदै आएकी शारदा पछिल्लो समय विद्यार्र्थी राजनीतिमा सक्रिय थिइन । उनलाई प्रहरीले आगजनी मुद्दामा फरार रहेको अभियोगमा पक्राउ गरेको जनाएको छ ।
