Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ परासीका पत्रकारलाई ल्यापटप ब्याग वितरण
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

परासीका पत्रकारलाई ल्यापटप ब्याग वितरण

संसारपोस्ट संवाददाता · २६ असार २०७६ · 0
परासीका पत्रकारलाई ल्यापटप ब्याग वितरण
50
SHARES
ShareTweet

नवलपरासी, २६ असार । नेपाल पत्रकार महासंघ पश्चिम जिल्ला शाखा नवलपरासीले जिल्लाका पत्रकारहरुलाई ल्यापटप ब्याग वितरण गरेको छ ।
महासंघको सभाहलमा एक कार्यक्रमको आयोजना गरी शाखामा आवद्ध सबै सदस्यहरुलाई ल्यापटप ब्याग वितरण गरिएको शाखा अध्यक्ष हरि शर्माले जानकारी दिनुभयो । शाखामा ६३ जना सदस्य आवद्ध छन् ।
पत्रकारहरुको क्षमताअभिवृद्धिका लागि विभिन्न तालिम सञ्चालन गर्दै आएको महासंघले पछिल्लो पटक ल्यापटप ब्याग वितरण गरेको हो । स्थानीय तहमा सञ्चालन भइरहेका विभिन्न योजना र कार्यक्रमका बारेमा समाचार संकलनका लागि सहजता पु¥याउने उद्देश्यले तालिम सञ्चालन गरेको अध्यक्ष शर्माले बताउनुभयो ।
एक महिनाको अवधिमा सञ्चालन गरिएका तालिममा सूचनाको हक, पत्रकार आचार संहिता, सञ्चारमाध्यमहरुको प्रवद्र्धन, स्थानीय तहको विकास तथा कानुनमा सञ्चारमाध्यमको भूमिकालगायतका विषय रहेको महासंघले जनाएको छ । तालिम सञ्चालनका लागि जिल्लाका स्थानीय तहहरुले सहयोग गरेका छन् ।
जिल्ला शाखाले २०७६ लाई तालिम वर्षका रुपमा मनाउने अभियानअनुसार पत्रकार र जिल्लामा सञ्चालित सञ्चारमाध्यमको विकासका लागि कार्ययोजना नै बनाएर अघि बढेको शाखा अध्यक्ष शर्माले जानकारी दिनुभयो । त्यसैगरी महासंघमा रहेको पुस्तकालयलाई जिल्लामै नमूनाको रुपमा स्थापित गराउन विभिन्न सरकारी निकाय र संघसंस्थाहरुसँग समन्वय गरेर काम अघि बढाएको शाखाले जनाएको छ ।

≪ Previous Post

शंकरनगर सामूदायिक वनका उपभोक्तालाई प्रशिक्षण

Next Post ≫

अखिल क्रान्तिकारीका अध्यक्ष भण्डारी पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क