Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ पर्यटन ≫ शंकरनगर सामूदायिक वनका उपभोक्तालाई प्रशिक्षण
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शंकरनगर सामूदायिक वनका उपभोक्तालाई प्रशिक्षण

संसारपोस्ट संवाददाता · २६ असार २०७६ · 0
शंकरनगर सामूदायिक वनका उपभोक्तालाई प्रशिक्षण
50
SHARES
ShareTweet


बुटवल, २६ असार । शंकरनगर सामूदायिक वन समूहले वनको महत्व, संरक्षण, अभिवृद्वि र गुरुयोजनाकाबारेमा १–४ का पार्षदहरुलाई प्रशिक्षण दिएको छ ।
सामूदायिक वनलाई कानुनी विधि र प्रक्रिया अनुसार संरक्षणका लागि उपभोक्तालाई सचेत गराउने गरी वनले दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । विहीवारदेखि शुरुभएको प्रशिक्षण कार्यक्रम शुक्रवारसम्म संचालन हुनेछ ।
५ सय ८४ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन क्षेत्रमा दिगो वन व्यवस्थापनको कार्यक्रम सञ्चालन गरेको शंकरनगर सामूदायिक वनले उपभोक्ताको सहभागितामा दिगो वन व्यवस्थापन गरिरहेको छ । दीगो वन ब्यवस्थापन, वनको महत्व, वनको संरक्षण र यसमा उपभोक्ताहरुको भूमिकाका विषयमा जानकारी गराउन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
पहिलो दिनको कार्यक्रममा डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख इन्द्रबहादुर पछाई र सहायक वन वन अधिकृत गिरीप्रसाद गैरेले वनको दिगो व्यवस्थापनबारे वनका पार्षदहरुलाई सहजीकरण गर्नुभएको थियो ।
उक्त सहजीकरण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख इन्द्रबहादुर पछाईले विधि र प्रक्रियामा रहेर मात्र वनको संरक्षण गर्न सकिने बताउनुभयो ।
बढ्दो वन बिनासले जलवायु परिवर्तनमा गम्भीर असर उत्पन्न भएको र यसको असर न्यूनीकरणका लागि वनको संरक्षण र वनको प्रयोगलाई बढाउनु पर्ने आवश्यक्ता औलाउनु भयो । उहांले मुख्यतः वातावरण विनाशबाट जलवायु परिवर्तन भएको छ भन्दै जलवायु परिवर्तन विश्वव्यापी चुनौती र समस्याको रुपमा देखिएको बताउनुभयो । उहांले वातावरण विनाशकै कारण हिमश्रृंखला पग्लने, पानीको मुहान सुक्दै जाने, अनावृष्टि र अल्पवृष्टि जस्ता समस्या देखापर्ने, वन्यजन्तु लोप हुने, महामारी हैजा जस्ता रोग फैलने, विनाशकारी आँधी र बाढी आउने जस्ता परिणाम उत्पन्न भएकाले सवै सचेत हुन आवश्यक रहेको वताउनु भयो ।
कार्यक्रममा सहायक वन अधिकृत गिरीप्रसाद गैरेले उपभोक्ताको सहभागिता र सक्रियातले मात्र वनको संरक्षण हुन सक्ने बताउनु भयो । पर्यावरणको संरक्षण जीविकोपार्जन र गरिवी निवारणका लागि वनको महत्व धेरै भएकाले वनलाई अन्य वस्तुको विकल्पमा काठको उपयोगलाई बढवा दिन आग्रह गर्नुभयो ।
वनका कानुनी सल्लाहाकार तथा अधिवक्ता खुमाकान्त पौडेलले गैरकानुनी रुपमा शंकरनगर सामूदायिवक वन अतिक्रमण गरिएको बताउनु भयो ।
गोविन्दप्रसाद सापकोटासहित ८१ जना व्यक्तिले शंकरनगर वन क्षेत्र अन्तर्गतको ८२ विघा जमिन नक्कली लालपूर्जा बनाइ हड्प्ने प्रयास गरेकाले सो सम्बन्धी मुद्वा सर्वोच्च अदालतमासमेत परेकाले वनको जग्गा संरक्षणका लागि सबै उपभोक्ता सचेत र एकतावद्व हुन जरुरी रहेको वताउनुभयो ।
सामूदायिक वनका अध्यक्ष राम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रविन्द्र वस्नेत, सचिव इन्दु थापा, कोषाध्यक्ष काशीरामा काफ्लेलगायतले बोल्दै सामूदायिक वन उपभोक्ता समितिले वन संरक्षणमा खेलेको भूमिका र सामाजिक गतिविधिबारे प्रकाश पार्नुभएको थियो ।
त्यस्तै सामूदायिक वनले सामाजिक उत्तरदायित्व अन्तरगत शंकरनगर स्वास्थ्य चौकीलाई औषधी उपलब्ध गराएको छ । विगतका वर्षहरुमा स्वास्थ्य चौकीलाई औषधी खरिदका लागि वार्षिक ३० हजार रुपैंया उपलब्ध गराउंदै आएको वनले गत वर्षदेखि आफै औषधी खरिद गरेर स्वास्थ्य चौकीलाई उपलब्ध गराउंदै आएको छ ।
उक्त कार्यक्रमलाई निरन्तरता दिंदै वनले बिहीबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य चौकीका प्रमुख सिर्जना पछाईलाई औषधी उपलब्ध गराएको हो । स्वास्थ्य चैकी प्रमुख पछाईलाई वन कार्यालयका प्रमुख पछाई र वनका अध्यक्ष गिरीले औषधी हस्तान्तरण गर्नुभएको थियो ।

≪ Previous Post

जनप्रतिनिधी कुटनेलाई कारवाही नहुदाँ शान्ति सुरक्षामा चुनौती

Next Post ≫

परासीका पत्रकारलाई ल्यापटप ब्याग वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क