Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ जनप्रतिनिधी कुटनेलाई कारवाही नहुदाँ शान्ति सुरक्षामा चुनौती
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

जनप्रतिनिधी कुटनेलाई कारवाही नहुदाँ शान्ति सुरक्षामा चुनौती

संसारपोस्ट संवाददाता · २५ असार २०७६ · 0
जनप्रतिनिधी कुटनेलाई कारवाही नहुदाँ शान्ति सुरक्षामा चुनौती
70
SHARES
ShareTweet


बुटवल, २५ असार
स्थानिय चुनावमा संगै प्रतिस्पर्धी रहेका रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० का वडा सदस्यलाई कुटपीट गर्नेलाई किटानी जाहेरी दिदा पनि प्रहरीले पक्राउ नगरेको भन्दै जनप्रतिनिधीले शान्ति सुरक्षाको माग गरेका छन ।
उक्त वडाका सदस्य यम बहादुर थापालाई स्थानिय निर्वाचनमा संगै प्रतिस्पर्धी रहेका विश्वास गुरुङको नेतृत्वमा आएका युवाहरुले यही असार १८ गते हातपात गरी अभद्ध व्यवहार गरेको वडा अध्यक्ष यक बहादुर सुनारले पत्रकार सम्मेलन गरी जानकारी गराउनु भयो ।
असार १८ गते नेपाल विधुत प्राधिकरणद्वारा देवदह नगरपालिका वडा न १० चरङ्गेका बिपन्न घर परिवारलाई नेपाल सरकारद्धारा निशुल्क उपलब्ध गराएको बिद्युत मिटरबक्स वितरण समारोहमा वडा सदस्य थापा माथी गुरुङको नेतृत्वमा आएका युवाले हातपात गरेको पत्रकार सम्मेलनमा सोही वडाका सदस्य अमर लामिछानेले बताउनु भयोे ।
नेपाल बिद्युत प्राधिकरण बुटवलबाट गएको प्राबिधिक टोली र वडा कार्यालयको रोहवरमा २९ घरका बिपन्न परिवारलाई बिद्युत मिटरबक्स बितरण गरिएको बताईएको छ । सो सम्बन्धमा नेपाल विद्युत प्राविधिकरण बुटवल शाखाका प्रमुख सन्जय मिश्रलाई सम्र्पक गर्दा मोवाईल उठाउनु भएन ।
निर्वाचित जनप्रतिनिधीले वडामा राम्रो काम गरेको र वडावासी जनप्रतिनिधीको पक्षमा देखिएकाले आफनो राजनैतिक अभिष्ट पुरा हुन नसक्ने देखेर राजनैतिक पुर्वाग्रहका कारण वडा सदस्य थापा माथी हातपात गरिएको अध्यक्ष सुनारले बताउनु भयो ।
पत्रकार सम्मेलनमा घटना भएको भोली पल्ट असार १९ गते नै किटानी जाहेरी दिएकोमा एक साता सम्म पनि प्रहरीले पक्राउ गर्न नसक्दा जनप्रतिनिधीहरुले असुरक्षित महशुष गरेको बताएका छन ।
वडा अध्यक्ष सुनारले विश्वास गुरुङले आफ्नो जनप्रतिनिधि यमबहादुर थापामाथि गालि बेइजति गर्नुका साथै हातपात गरेको भन्दै ईलाका प्रहरी कार्यालय बुटवलमा सार्वजनिक मुद्दा दर्ता गराएको बताउनु भयो ।
यसै बीच नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) देवदह नगरपालिका वडा न १० रुपन्देहीले प्रेस विज्ञप्ति निकालेर अति बिपन्न घर परिवारलाई वितरण गर्नु पर्ने बिद्युत मिटरबक्स सम्पन्न साली परिवार, आफ्ना वडा सदस्य र आफ्नो नजिकका व्यक्तिलाई दिएको भन्दै त्यसो नगर्न आग्रह गर्दा वडा सदस्य यम बहादुर थापा एक्कासी आक्रोशमा आई जथाभावी गालीगलौज र हातपात गर्न खोज्दा विश्वास गुरुङले प्रतिरक्षा गरेको उल्लेख गरिएको छ ।
घटनाका सम्बन्धमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भटृराईले आवश्यक अनुसंन्धान अगाडी बढाईएको र विश्वासको खोजी भैरहेको बताउनु भयो ।

≪ Previous Post

सुन पसलको सेफ सहित चोरी,चोर गाडी लिएर आएको आशंका

Next Post ≫

शंकरनगर सामूदायिक वनका उपभोक्तालाई प्रशिक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क