Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोरोना विपद कोषमा लुम्विनी ईटा ब्यवसायी संघको ६ लाख बढि सहयोग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना विपद कोषमा लुम्विनी ईटा ब्यवसायी संघको ६ लाख बढि सहयोग

संसारपोस्ट संवाददाता · २४ चैत्र २०७६ · 0
कोरोना विपद कोषमा लुम्विनी ईटा ब्यवसायी संघको ६ लाख बढि सहयोग
110
SHARES
ShareTweet


बुटवल, २४ चैत । विश्वब्यापी महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिमवाट बच्न र संक्रमण फैलिन नदिन सरकारले मुलुकलाई लकडाउन गरेको छ । केन्द्र देखि प्रदेश सरकार र स्थानीय पालिकाले कोरोना भाइरस रोकथाम तथा उपचार कोष स्थापना गरी कोषमा सहयोग गर्न विभिन्न संघसंस्थाहरुलाई आग्रह गरिरहेका छन् ।
सरकराले गरेको लकडाउनलाई पूर्ण कार्यान्वयन गर्दै कोरोना भाइरस रोकथाम तथा उपचारका लागि लुम्विनी ईटा उद्योग ब्यवसायी संघ रुपन्देहीले प्रदेश सरकार र रुपन्देहीका स्थानीय पालिकाले स्थापना गरेका उपचार तथा विपद ब्यवस्थापन कोषमा नगद सहयोग गरेको छ ।
संघले प्रदेश सरकार, जिल्ला विपद ब्यवस्थापन समिति तथा विभिन्न पालिकाले स्थापना गरेका कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा ६ लाख बढि सहयोग गरेको संघका अध्यक्ष थानेश्वर घिमिरेले बताउनु भयो ।
कोरोना भाइरस सँक्रमणको महामारीले अहिले पूरै विश्व प्रभावित भएको बेला यसको उच्च जोखिमबाट बच्न र संक्रमण फैलिन नदिन संघको पनि दायित्व र कर्तब्य भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश र जिल्ला सहित उद्योग सञ्चालित पालिकाको राहत कोषमा आर्थिक सहयोग गरिएको अध्यक्ष घिमिरेले बताउनु भयो ।
यसरी गरिएको सहयोग एकद्वार प्रणालीवाट खर्च हुने सबैले समान किसिमले सहयोग पाउन भनेर संघले आफ्नो गच्छे अनुसार सबै पालिकाको कोषमा सहयोग गरेको महासचिव अजयकुमार गुप्ताले बताउनु भयो ।
संघले प्रदेश सरकारको राहत कोषमा १ लाख ११ हजार १११, जिल्ला विपद ब्यवस्थापन समितिमा ५१ हजार १११, मायादेवी गाउँपालिकामा ८५ हजार, रोहिणी गाउँपालिकामा ८१ हजार, ओमसतिया गाउँपालिकामा ७५ हजार, तिलोत्तमा नगरपालिकामा ५१ हजार, काटईमाई गाउँपालिकामा ३५ हजार, सियारी गाउँपालिकामा ३० हजार र सुद्धोधन गाउँपालिकामा ३० हजार गरी ५ लाख ४९ हजार २२२ रुपैयाँ नगद सहयोग गरेको महासचिव गुप्ताले जानकारी दिनुभयो ।

यस्तै संघमा आवद्ध देवदह नगरपालिकामा संचालित इट्टा उद्योगहरुले देवदह नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा आर्थिक सहयोग गरेका छन् । संघको अगुवाईमा सो क्षेत्रका उद्योगीहरुले संकलन गरेको ६० हजार रुपैयाँको चेक संघका लेखा समिति सदस्य चक्रपाणि तिवारीले नगरपालिकाका प्रमुख हिरा केसी र उपप्रमुख विद्यालक्ष्मी गुरुङलाई हस्तान्तरण गर्नुभएको कोषाध्यक्ष बाबुराम पाठकले जानकारी दिनुभयो । यसरी संघले प्रदेश सरकार, जिल्ला प्रकोप ब्यवस्थापन र विभिन्न पालिकामा गरी ६ लाख ९ हजार २२२ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।


यसका साथै यस क्षेत्रका ईट्टा उद्योगीहरुले जिल्ला वाहिर तथा छिमेकी मुलुक भारतबाट कामका लागि आएका मजदुरहरु लकडाउनका कारण समस्या परेपछि उनीहरुलाई आफ्नै ब्यवस्थापनमा खाने बस्ने प्रवन्ध समेत मिलाएका छन् ।
‘अहिले सबै मिलेर कोरोनाको संक्रमणलाई रोक्नु छ । यसकालागि सवैको साथ र सहयोग जरुरी छ । यिनै कुरालाई आत्मसाथ गरी लुम्विनी ईटा उद्योग ब्यवसायी संघ रुपन्देहीले संघका अध्यक्ष थानेश्वर घिमिरेको नेतृत्वमा प्रदेश सरकार, जिल्ला र स्थानीय पालिकाको कोषमा सहयोग गरेको हो ।’ महासचिव गुप्ताले भन्नुभयो ।
यसका साथै संघले कोरोना भाइरसको उच्च जोखिम र संक्रमणबाट जोगिन, आफु बच्न र अरुलाई पनि बचाउन आआफ्नो घर भित्रै सुरक्षित रहन सबैमा आग्रह समेत गरेको छ ।

≪ Previous Post

पालिकाका विपद ब्यवस्थापन कोषमा हिमचुली सहकारीको सहयोग

Next Post ≫

११७ घर परिवारलाई नवज्योति क्लवले दियो राहत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क