Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ११७ घर परिवारलाई नवज्योति क्लवले दियो राहत
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

११७ घर परिवारलाई नवज्योति क्लवले दियो राहत

संसारपोस्ट संवाददाता · २४ चैत्र २०७६ · 0
११७ घर परिवारलाई नवज्योति क्लवले दियो राहत
70
SHARES
ShareTweet


तिलोत्तमा, २४ चैत । लकडाउनको कारण रोजी रोटी गुमेका तिलोत्तमा नगरपालिका वडा नं. २ का ११७ घर परिवारलाई स्थानीय क्लवले राहत वितरण गरेको छ । नवज्योति क्लब तिलोत्तमा २ रुपन्देहीले स्थानीय स्तरमा सहयोग स्वरुप उठाएको राहत तथा सहयोग सामाग्री तिलोत्तमा नगरपालिकाको समन्वयमा स्थानीय तथा घरबहालमा बसेका बिपन्न परिवारहरुलाई राहत वितरण गरिएको क्लवका अध्यक्ष दिपेश कंडेलले बताउनुभयो ।
तिलोत्तमा नगरपालिका तथा वडा नं.२ का जनप्रतिनिधि एवं टोल बिकास संस्थासंगको सहकार्यमा तिलोत्तमा २ का करिब १ सय ७७ घरधुरीमा बसोबास गर्नेहरुको विवरण टिपेर सामाजिक दुरी कायम गरि राहत वितरण गरिएको अध्यक्ष कंडेलले बताउनुभयो । राहतमा चामल १० के.जी.,दाल २ के.जी, तेल आधा लि.र नुन १ के.जी.वितरण गरिएको थियो ।
क्लबले तिलोत्तमा वडा न.२ का त्रिशक्ति पशुपति टोल बिकास संस्थाका १६ परिवार, जागृति टोल बिकास संस्थाका १२ परिवार, संसारीमाई टोल बिकास संस्थाका ७ परिवार, सिद्देश्वर टोल बिकास संस्थाका २६ परिवार, शिवालय टोल बिकास संस्थाका १८, मध्यबिन्दु टोल बिकास संस्थाका १२ परिवार, सगरमाथा टोल बिकास संस्थाका ८ परिवार, लक्ष्मी टोल बिकास संस्था १२ परिवार, मालिका टोल बिकास संस्थाका ६ परिवार गरि जम्मा १सय १७ परिवारलाइ राहत वितरण गरिएको हो ।
तिलोत्तमा स्थित दुर्गादत्त माविको प्राङ्गण र तपाह स्थित शिवालय मन्दिरबाट राहत सामाग्री वितरण गरिएको क्लवका विदुर केसीले जानकारी दिनुभयो । क्लबले तिलोत्तमा वार्ड नं. १ मा राहत लिन छुटेका र नाम टिपाएका बिपन्न परिवारका लागि भोलि चैत २५ गते बिहान ८ बजे दुर्गादत्त मावि शारदा स्कूलको प्रांँगणमा संकलित राहत वितरण गर्ने कार्यक्रम रहेको क्लवले जनाएको छ ।

≪ Previous Post

कोरोना विपद कोषमा लुम्विनी ईटा ब्यवसायी संघको ६ लाख बढि सहयोग

Next Post ≫

२०७६ साल चैत २५ गते मंगलवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क