Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोहिणी गाउँपालिकाद्वारा १४ सय घरधुरीलाई राहत वितरण
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोहिणी गाउँपालिकाद्वारा १४ सय घरधुरीलाई राहत वितरण

संसारपोस्ट संवाददाता · २३ चैत्र २०७६ · 0
रोहिणी गाउँपालिकाद्वारा १४ सय घरधुरीलाई राहत वितरण
70
SHARES
ShareTweet


धकधई, २३ चैत । रोहिणी गाउँपालिकाले गरिब, विपन्नलाई राहत वितरण सुरु गरेको छ । कोरोना भाईरसको जोखिम न्यूनिकरण गर्न सरकारले लागु गरेको लकडाउन लम्बिए संगै गरिब तथा विपन्न वर्गका जनतालाई अप्ठेरो परेकोले राहत वितरण सुरु गरिएको हो ।
गाउँपालिकाले गठन गरेको विपद् ब्यवस्थापन समितिको बैठकले राहत बितरण गर्ने निर्णय गरेसंगै राहत वितरण गर्न सुरु गरिएको हो । पहिलो चरणमा गाउँपालिकाको वडा नम्बर २ र ३ बाट राहत बितरण सुरु गरिएको राहत बितरण संयोजक राजकुमार मिश्रले जानकारी दिनुभयो । एउटा वडामा २ सय घरधुरीको दरले राहत बितरण गरिएको र यसलाई आवश्यकता अनुसार आगामी दिनमा बढाउन सकिने संयोजक मिश्रले बताउनु भयो ।
गाउँपालिकाले राहत बितरण सम्बन्धि निर्देशिका नै बनाएर सोही अनुसार राहत बितरण गरेको छ । गाउँपालिकाले प्रति परिवार १० किलो चामल, ५ किलो पिठो, १ किलो दाल, १ लिटर तेल, १ पोका नून, ४ सय ग्राम सोयाबिन, ४ किलो आलु र १ किलो प्याज बितरण गरिरहेको छ । प्रथम चरणमा श्रमिकवर्ग, असहाय, गरिब तथा उनीहरुसंग सम्बन्धित ब्यक्तिहरुका लागि राहत बितरण गरिएको छ ।


राहत बितरण कार्यमा गाउँपालिकाका पदाधिकारी भने सहभागि भएका छैनन् । गाउँपालिकाका पदाधिकारी जांदा भिड बढ्ने भन्दै कर्मचारीहरु परिचालन गरेर राहत पाउनेको घर घरमै पुगेर राहत बितरण गरिएको रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिनुभयो ।
अहिले १ हजार ४ सय घरधुरीलाई पुग्ने गरि प्याकेट तयार गरिएको र सोही अनुसार बितरण गरिएको बताउदै अध्यक्ष्य यादवले गाउँपालिका भित्र रहेका सम्पूर्ण गरिब तथा असहायलाई पुग्ने गरि राहत बितरण गरिने जानकारी दिनुभयो ।


राहत पाएपछि स्थानीयहरुले राहतको महशुस गरेका छन् । दैनिक ज्याला मजदुरीमा भर परेका मजदुरहरु लकडाउनको कारण काममा जान पाएका छैनन् । घरमा राखेको खाद्यान्न पनि सकिएपछि चिन्तित रहेका उनीहरुमा गाउँपालिकाको राहत सामाग्रीले केही राहत मिलेको छ ।

≪ Previous Post

प्रदेश ५ सरकारद्वारा कोभिड १९ सम्वन्धि मोवाइल एप निर्माण

Next Post ≫

तिलोत्तमाले नगर बाहिरका मानिसको आवतजावतलाई रोक्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क