Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ तिलोत्तमाले नगर बाहिरका मानिसको आवतजावतलाई रोक्ने
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाले नगर बाहिरका मानिसको आवतजावतलाई रोक्ने

संसारपोस्ट संवाददाता · २३ चैत्र २०७६ · 0
तिलोत्तमाले नगर बाहिरका मानिसको आवतजावतलाई रोक्ने
60
SHARES
ShareTweet


तिलोत्तमा, २३ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर बाहिरका मानिसको आवतजावतलाई रोक्ने निर्णय गरेको छ ।
कारोना भाइरस (कोभिड–१९) पूर्वतयारी निर्देशक समितिको आइतबार बसेको बैठकले अत्यावश्यक कामबाहेक अन्य नगरपालिका तथा गाउँपालिकबाट आउने मानिसको आवतजावतलाई रोक्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको उच्च जमखिमबाट बच्न र यसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनलाई थप प्रभावकारी बनाउन तिलोत्तमा नगर प्रवेश गर्ने मुख्य तथा सहायक सडक नाकामा सुरक्षाकर्मी र जनप्रतिनिधिको संयुक्त चेकजाँच टोली परिचालन गर्ने समितिको बैठकले निर्णय गरेको हो ।
सीमावर्ती भारतीय गाउँमा कोरोनो संक्रमणका बिरामी फेला परेको अवस्थालाई मध्यनजर गरी समितिको बैठकले लकडाउनलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी गराउनु भयो ।
सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको भन्दै एक प्रदेशदेखि अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवतजावतमा कडाई गर्ने बताएको थियो ।
निर्देशक समितिको बैठकले लकडाउनलाई प्रभावकारी बनाउन प्रहरी गस्ती बढाउने, खाद्यबस्तु, तरकारी तथा अत्यावश्यक सामान खरिद–बिक्रीको लागि तोकिएको समयसीमा घटाएर दिउँसो १२ देखि २ बजेको समय काम गर्ने लगायतका निर्णय पनि गरेको छ । बैठकले अत्यावश्यक कामविना सडकमा हिँड्ने, चोकमा जम्मा हुने, तोकिए बाहेकको समयमा पसल खोल्नेहरुलाई कारवाही गर्ने निर्णय समेत गरेको छ । यस्तै जनप्रतिनिधिसँगको सहकार्यमा जनपद, सशस्त्र र नगर प्रहरीले गस्तीलाई प्रभावकारी बनाउने, अत्यावश्यक सामानको खरिद बिक्रीमा सामाजिक दुरी कायम नगराउने पसललाई बन्द गराउनेलगायतका निर्णय निर्देशक समितिको बैठकले गरेको छ ।

जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीका प्रतिनिधि संग्लन बैठकले नगरपालिकाका सबै कर्मचारीलाई कार्यालयको सम्पर्कमा राख्ने, स्वास्थ्य शाखामार्फत् कोरोना पूर्वतयारीको विस्तृत कार्ययोजना बनाउनेलगायतका निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा नगर प्रमुख बासुदेव घिमिरेले कोरोना संक्रमण रोक्न नगरपालिकाले गरिरहेका कामको बारेमा जानकारी गराउनुभएको थियो ।

≪ Previous Post

रोहिणी गाउँपालिकाद्वारा १४ सय घरधुरीलाई राहत वितरण

Next Post ≫

२०७६ साल चैत २४ गते सोमवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क