Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ औषधी र उपकरणको अभावमा डायलाईसिसका विरामी मारमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

औषधी र उपकरणको अभावमा डायलाईसिसका विरामी मारमा

संसारपोस्ट संवाददाता · १९ चैत्र २०७६ · 0
औषधी र उपकरणको अभावमा डायलाईसिसका विरामी मारमा
70
SHARES
ShareTweet

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा विरामीको चांप



बुुटवल, १९ चैत । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको कारण विश्व यतिबेला आक्रान्त बनेको छ । चिनको वुहान हुंदै भारत सहित विश्वका दुईसय भन्दा बढि देशमा फैलिएको कोरोनाले नेपालमा सन्त्रास बढाएको छ ।
कोरोनाको संक्रमण फैलिएपछि अरु रोगका विरामीहरुको उपचार समेत अहिले प्रभावित बनेको छ । एकातर्फ व्यक्तिगत सुरक्षाका सामाग्रीको अभावमै सामान्य मौसमी ज्वरो र रुघाखोकीका विरामीलाई पनि कोरोनाकै आशंकाले उपचार गर्न स्वास्थ्यकर्मीहरु नै डराईरहेको अवस्था छ भने अर्कोतर्फ अस्पतालहरुमा आवश्यक औषधीहरुको अभाव श्रृजना भईसकेको छ ।
औषधी तथा उपकरणको अभावका कारण मृगौलाको डायलाईसिस गर्नुपर्ने अवस्थाका विरामीहरु सबैभन्दा बढि मारमा परिरहेका छन् । एकातर्फ सरकारले घोषणा गरेको लकडाउनको कारण विरामीहरु डायलाईसिस गर्न अस्पताल सम्म आईपुग्न सवारी साधनको अभाव छ भने अर्कोतर्फ अस्पतालहरुमा औषधी अभाव भएकोले नियमित डायलाईसिस गराईरहेका बिरामीहरु अस्पतालहरुबाट फिर्ता जाने गरेका छन्
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल मार्फत बुटवल, दाङको लमही र पाल्पाको तानसेनमा ४० वटा मेसिनबाट नियमित ३ सय ५० जनाको नियमित डायलाईसिस गराउंदै आएका अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार बुटवलमा २० वटा, पाल्पामा १० र लमहीमा १० वटा मेसिन बाट ३ सय ५० जनाको नियमित डायलाईसिस गराउंदै आएकोमा कोरोना भाइरसको संक्रमण फैलिएसंगै अन्य अस्पतालमा डायलाईसिस गराउंदै आएका विरामीहरुपनि थप भएका छन् । लकडाउन भएपछि बुटवलमा दुई सिफ्ट मेसिन संचालन गरी डायलाईसिस गर्दै आएको मुटु अस्पतालले मंगलबारदेखि अरु अस्पतालका विरामीहरु समेत थप भएपछि रातीको समयमा समेत डायलाईसिस गर्न शुरु गरेको अस्तालका अध्यक्ष एजाज आलमले बताउनु भयो ।
यसअघि डायलाईसिस गराउंदै आएका अस्पतालहरुमा औषधीहरुको अभावका कारण डायलाईसिस गराउन नसकेका विरामीहरुले आफुलाई पायक पर्ने बुटवल, पाल्पा र लमहीमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले संचालन गरेको मृगौला डायलाईसिस सेन्टरबाट सेवा लिन सक्ने गरी ब्यवस्था मिलाइएको अध्यक्ष आलमले बताउनु भयो । अध्यक्ष आलमले गौतमबुद्ध सामुदायिक मुटु अस्पताल विरामीहरुको सेवामा सदैव सक्रिय र समर्पित रहने समेत उल्लेख गर्नुभयो ।

≪ Previous Post

बिरामीलाई उपचारको वातावरण बनाउन सरकारसंग सञ्जालको आग्रह

Next Post ≫

बुटवल ११ र १५ मा विपन्न परिवारलाई खाद्यान्न वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क