Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बिरामीलाई उपचारको वातावरण बनाउन सरकारसंग सञ्जालको आग्रह
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बिरामीलाई उपचारको वातावरण बनाउन सरकारसंग सञ्जालको आग्रह

संसारपोस्ट संवाददाता · १९ चैत्र २०७६ · 0
बिरामीलाई उपचारको वातावरण बनाउन सरकारसंग सञ्जालको आग्रह
70
SHARES
ShareTweet


बुटवल, १९ चैत । रुपन्देहीमा कृयाशिल व्यबसायिक संस्थाहरुको सञ्जालले उपचारका लागि अस्पतालमा आउने बिरामीलाई उपचारको वातावरण बनाउन सरकारसंग आग्रह गरेको छ ।
सञ्जालको मंगलबार बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा बसेको बैठकले कोरोना भाईरस (कोभिड–१९) को महामारीको विषम परिस्थितिमा अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई वेवास्ता गरी उपचार हुन नसकेको औंल्याउँद आम नागरिकको उपचारमा निरन्तरता दिने वातावरण बनाउन सरकारसंग आग्रह गरेको हो ।
त्यस्तैगरी बैठकले भारतका बिभिन्न स्थानबाट स्वदेश फर्किआएका नेपाली दाजुभाईलाई आवश्यक स्वास्थ्य परिक्षण गरि सम्बन्धित स्थानीय स्तरमा नै क्वारेन्टाईन वा होम क्वारेन्टाईनमा राख्ने व्यबस्था मिलाउन समेत प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकले आवश्यक बस्तु ढुवानी सहजीकरणको लागि पश्चिमाञ्चल यातायात व्यबसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेलाई आवश्यक समन्वयको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तैगरी प्रदेश सरकार तथा स्थानीय तहमा स्थापित राहत कोषमा संघसंस्थाहरुले सक्दो आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको बुटवल उद्योग बाणिज्य संघका प्रमुख कार्यकारी सचिव मदनकुमार कार्कीले जानकारी गराउनु भयो ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालको अध्यक्षतामा बसेको सञ्जालको बैठकमा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी (माधब), तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, पश्चिमाञ्चल यातायात व्यबसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डे, पश्चिम नेपाल बस व्यबसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेल, साना तथा मझौला ढुवानी व्यबसायी समितिका अध्यक्ष लक्ष्मण क्षेत्री, नियमित रक्तदाता संघ रुपन्देहीका अधयक्ष कृष्ण चौहान, तिलोत्तमा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, रुपन्देही व्यापार संघका प्रथम उपाध्यक्ष डिल्लीराज भण्डारी, यातायात मजदुर तथा व्यबसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकाल, बुटवल उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष अनिलप्रसाद श्रेष्ठ, बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याल, महासचिव दिनेशप्रसाद श्रेष्ठ, नीजि अस्पतालहरुको छाता संस्था एशोसियशन अफ प्राईभेट हेल्थ ईन्ष्टिच्युट नेपाल (अफिन)का प्रदेश अध्यक्ष रामप्रसाद खरेललगायतको सहभागिता रहेको थियो ।

≪ Previous Post

२०७६ साल चैत १९ गते बुधवारको राशिफल

Next Post ≫

औषधी र उपकरणको अभावमा डायलाईसिसका विरामी मारमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क