Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल ११ र १५ मा विपन्न परिवारलाई खाद्यान्न वितरण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल ११ र १५ मा विपन्न परिवारलाई खाद्यान्न वितरण

संसारपोस्ट संवाददाता · १९ चैत्र २०७६ · 0
बुटवल ११ र १५ मा विपन्न परिवारलाई खाद्यान्न वितरण
90
SHARES
ShareTweet


बुटवल, १९ चैत । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथामको लागि गरिएको लकडाउनका कारण प्रभावित दैनिक ज्याला मजदुरी गरी खाने विपन्न वर्गको राहतको लागि बुटवलका एक समाजसेवीले खाद्यान्न वितरण गरेका छन् ।
वुटवल उपमहानगरपालिका–११ हात्तिसुढ टोल विकास संस्थाका अध्यक्ष एवं गोल्डेन वुद्ध रियल स्टेट प्रा.लि.का अध्यक्ष भिमसेन श्रेष्ठले ७० घर परिवारलाई वुधवार खाद्यान्न वितरण गर्नुभएको हो ।
आफ्ना हजुरवुवा भागिराम श्रेष्ठ र हजुरआमा गणेश कुमारी श्रेष्ठको स्मृतिमा प्रतिपरिवार ५ किलो चामल, दाल, तेल, लसुन, आलु, नुन लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । खाद्यान्न वितरण कार्यक्रममा टोल विकासका सचिव कृष्ण भण्डारी, कोषाध्यक्ष सरस्वती गलामी, सहसचिव राकेश खड्का, समाजसेवी राजु रसाईली, इश्वरीदेवी भट्टराई, सुजन परियार लगायतको सक्रिय सहभागिता रहेको थियो ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले घर भाडामा वस्ने १० परिवारलाई एक महिनाको भाडा छुट गरेको जानकारी दिनुभयो ।
यस्तै ब्यवसायिक वकिल समाज (प्रोफल)ले पनि बुटवल उपमहानगरपालिका वडा नं. १५ मा लकडाउनको प्रभावबाट दैनिक छाकटार्न समस्यमा परेका अति विपन्न ५३ घरधुरीका परिवारलाई घरघरमा पुगी चामल, दाल, नुन, तेल लगायतका खाद्य सामाग्री बितरण गरेको छ ।
खाद्य सामग्री आफ्ना स्वर्गीय पिता गोविन्द वियोगीको स्मृतिमा छोरी रोशनी वैद्य मलेगो, छोरा ज्योति वैद्य र छोरी डा. चादनी वैद्य श्रेष्ठले सहयोग स्वरुप उपलब्ध गराउनुभएको थियो । राहत वितरणले गरिखाने वर्गलाई रातह भएको समाजसेवी नारायण बन्जाडेले बताउनुभयो ।

≪ Previous Post

औषधी र उपकरणको अभावमा डायलाईसिसका विरामी मारमा

Next Post ≫

कोरोना भाइरस उपचार कोषमा ईटा ब्यवसायीको सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क