Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोरोना भाईरस निणन्त्रण कोषमा उबामहासंघ प्रदेश ५ द्धारा सहयोग
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कोरोना भाईरस निणन्त्रण कोषमा उबामहासंघ प्रदेश ५ द्धारा सहयोग

संसारपोस्ट संवाददाता · १२ चैत्र २०७६ · 0
कोरोना भाईरस निणन्त्रण कोषमा उबामहासंघ प्रदेश ५ द्धारा सहयोग
90
SHARES
ShareTweet


बुटवल, १२ चैत
प्रदेश पाँच सरकारले घोषणा गरेको १० करोडको नोभेल कोरोना भाईरस नियन्त्रण कोषमा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँच समितिले २ लाख ५१ हजार रुपैंया सहयोग गर्ने निर्णय गरेको छ ।
कोरोना भाईरस (कोभिड–१९) का कारण देश विषम परिस्थितीमा परेको र यस समयमा राष्ट्र र जनतालाई बचाउनकालागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट बिभिन्न प्रयासहरु भईरहेको सन्दर्भमा उद्योगी व्यबसायीको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिका कार्यसमिति सदस्य उज्जल कसजुले जानकारी दिनुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिले प्रदेश पाँच सरकारले स्थापना गरेको उक्त कोषमा २ लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको हो । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिका अध्यक्ष गुणनिधी तिवारीले बुधबार प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई पत्राचार गरेर महासंघले प्रदेश सरकारले स्थापना गरेको नोभेल कोरोना भाईरस नियन्त्रण कोष उद्योगी व्यबसायीको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको जानकारी समेत गराउनु भएको छ ।

कञ्चनमा १० लाख बराबरको बिपद कोष स्थापना


बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस कोभिड १९ सम्भाबित संक्रमण तथा प्रभाव न्युनिकरण गर्नको लागि कञ्चनवासीलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्दै रुपन्देहीको कञ्चन गाउपालिकाले रु. १० लाख बराबरको बिपद कोष स्थापना संगै ज्वरो आएका बिरामीहरुलाई नजिकको उपचार केन्द्र सम्म जान स्वास्थ्यकर्मीहरुको सिफारिसमा एम्बुलेन्स खर्च गाउपालिकाले ब्यहोर्ने समेत भएको छ ।
आज कञ्चन गाउपालिकाको कार्यपालिका स्तरिय बैठक बसी सो बिपद कोष स्थापना गर्ने निर्णय गरेको हो । आजको बैठकले २५ शैयाको क्वारेन्टाइन ब्यबस्था मिलाउन स्वास्थ्य शाखालाई जिम्मा दिने, कोरोना रोग नियन्त्रणको लागि कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको एकल संयोजकत्वमा रु.१० लाख बराबरको बिपद कोष स्थापना गर्ने र त्यसमा थप गर्नु परेमा अध्यक्षलाई नै अधिकार समेत प्रत्यायोजन गरेको छ ।
कार्यपालिका स्तरिय बैठक पश्चात जारी गरिएको सूचनामा बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस कोभिड १९ को प्रभाव न्यूनिकरण साथै उत्पन्न जोखिमलाई ब्यबस्थित गर्नको लागि गाउपालिकाले जारी गरेको नियम तथा सूचनाहरुलाई सबैले अनिवार्य रुपमा पालना गर्न अनुरोध गर्दै यदी पालना नगरे कानुन बमोजिम कार्बाही हुने समेत उल्लेख छ ।
सम्पुर्ण कञ्चनवासी अनिवार्य रुपमा सेल्फ क्वारेन्टाइनमा बस्न,अरुको घरमा नजान र नियमित रुपमा साबुन पानीले हात धुन कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीद्धारा हस्तारित सूचनामा उल्लेख छ ।यदि अत्याधिक ज्वरो आएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न,ज्वरो आएका बिरामीहरुलाई नजिकको उपचार केन्द्र सम्म जान स्वास्थ्यकर्मीहरुको सिफारिसमा एम्बुलेन्स खर्च गाउपालिकाले ब्यहोर्ने समेत बैठकले निर्णय गरेको छ।सूचनामा अत्यावस्यक सेवा बाहेक अन्य पसल,होटल तथा रेष्टुरेन्ट तत्काल बन्द गर्न निर्देशन दिने समेत उल्लेख गरिएको छ ।

≪ Previous Post

जोखिमबाट बच्न सिमित पम्पहरुवाट मात्र ईन्धन विक्री वितरण

Next Post ≫

लकडाउन कडाईका साथ पालना गर्न कांग्रेसको आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क