Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ जोखिमबाट बच्न सिमित पम्पहरुवाट मात्र ईन्धन विक्री वितरण
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

जोखिमबाट बच्न सिमित पम्पहरुवाट मात्र ईन्धन विक्री वितरण

संसारपोस्ट संवाददाता · ११ चैत्र २०७६ · 0
जोखिमबाट बच्न सिमित पम्पहरुवाट मात्र ईन्धन विक्री वितरण
80
SHARES
ShareTweet


बुटवल, ११ चैत । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले विश्वब्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरसको महामारी रोगको उच्च जोखिमबाट बच्न अत्यावश्यक सवारी साधनहरुका लागि रुपन्देही, नवलपरासी र कपिलवस्तुमा सिमित पम्पहरुवाट मात्र पेट्रोलियम पदार्थको विक्री वितरण गर्ने ब्यवस्था मिलाएको छ ।
कोरोना भाइरसको उच्च जोखिमबाट बच्न नेपाल सरकारले मुलुकलाई लकडाउन गरेको विषम परिस्थितिमा जोखिम न्युनिकरणका लागि सम्वन्धित जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरी चैत १२ गते बुधबारका लागि एशोसिएसनले ३ वटा जिल्लाका सिमित पम्पहरुवाट पेट्रोलियम पदार्थको विक्री वितरणको ब्यवस्था मिलाएको एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले जानकारी गराउनु भयो ।
जसअनुसार रुपन्देही जिल्लामा अत्यावश्यक सवारी साधनलाई इन्धन उपलब्ध गराउने गरी १० वटा पम्पलाई जिम्मेवारी प्रदान गरिएको छ ।
एशोसिएसनका रुपन्देही जिल्ला प्रतिनिधि प्रेमराज गैरे र कार्यसमिति सदस्य डांसिराम अधिकारीले नेपाल आयल निगम ५ नं प्रादेशिक कार्यालय भलवारी र सम्वन्धित ब्यवसायीलाई पत्राचार गरी निगमलाई तोकिएका पम्पलाई इन्धन उपलब्ध गराउन र ब्यवसायीलाई अत्यावश्यक सवारी साधनलाई मात्र इन्धन विक्री वितरण गर्न जानकारी गराउनु भएको छ ।
रुपन्देहीमा ब्यापार कर्पोरेशन बुटवल, अशोका सप्लायर्स बुटवल, गैरे डिजल्स जितगढी, तारकनाथ डिजल्स नयाँमिल, वी पी टे«डर्स भैरहवा, सूरज आयल धकधइ, बुद्धमाया आयल सप्लायर्स लुम्विनी, अन्जनी इण्टरप्राईजेज लुम्विनी रोड, महालक्ष्मी आयल स्टोर्स फर्साटिकर र नमोबुद्ध आयल खैरेनीलाई इन्धन विक्री वितरणको जिम्मा दिइएको एशोसिएसनका कोषाध्यक्ष विशाल गैरेले वताउनु भयो ।


यस्तै कपिलवस्तु जिल्लामा चैत १२ गतेका लागि ११ वटा पम्पहरुबाट इन्धन विक्री वितरणको ब्यवस्था मिलाईएको जिल्ला प्रतिनिधि ढुण्डीराज अधिकारीले वताउनु भयो ।
कपिलवस्तुमा अत्यावश्यक सवारी साधललाई मात्र ईन्धन विक्री वितरण गर्न रिया आयल सप्लायर्स पिपरा, नवदुर्गा अटो सेण्टर मायादेवी, उमा टे«डिङ्ग कम्पनी तौलिहवा, ओझा फिलिङ्ग सेण्टर तौलिहवा, लुम्विनी पेट्रोलियम गजेडा, युनाईटेड पेट्रोलियम बुद्धभूमि, लोकप्रिय आयल सेण्टर शिवराज, हरिभजन आयल सेण्टर विजयनगर, दृष्टान्त डिजल्स कृष्णनगर, जिर्ण टे«डर्स कृष्णनगर र कपिलवस्तु अटोमोवाइल्स शिवराजलाई जिम्मा दिईएको महासचिव हरिराम कशौधनले जानकारी गराउनु भयो ।


यसैगरी नवलपरासी जिल्लामा जोखिमको अवस्थालाई मध्येनजर गरी अत्यावश्यक सवारी साधनहरुलाई ईन्धन उपलब्ध गराउन १३ वटा पम्पहरुलाई जिम्मेवारी तोकिएको एशोसिएसनका कार्यसमिति सदस्य दिनेश न्यौपानेले जानकारी गराउनु भयो ।
जिल्लामा लुम्विनी आयल सप्लायर्स सुनवल, श्यामसुन्दर आयल सप्लायर्स सुनवल ज्यामिरे, त्रिनेत्र पेट्रोलियम भूमही, भारी इण्टरप्राइजेज हरकट्टा, सिपसागर आयल सप्लायर्स बासा, दयाराम इण्टरप्राइजेज बासा, त्रिबेणी आयल स्टोर्स गोपिगन्ज, न्यू रन्जित आयल स्टोर्स त्रिबेणी, प्रदिप आयल एण्ड खाद्य स्टोर्स त्रिबेणी, जय मा दुर्गे आयल सप्लायर्स रामग्राम, अग्रहरी जनरल स्टोर्स परासी, जैसवाल आयल स्टोर्स महेशपुर र पृथ्वी आयल सप्लायर्स सरावलवाट इन्धन विक्री वितरणको प्रवन्ध मिलाईएको कार्यालय सचिव अर्जुन बश्यालले जानकारी दिनुभयो ।

≪ Previous Post

प्रदेश पाँचमा लकडाउनको अवज्ञा गर्ने ४४४ सवारी प्रहरी नियन्त्रणामा

Next Post ≫

कोरोना भाईरस निणन्त्रण कोषमा उबामहासंघ प्रदेश ५ द्धारा सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क