Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोरोना रोकथाममा काँग्रेस सांसदहरुको १५ दिनको तलव
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना रोकथाममा काँग्रेस सांसदहरुको १५ दिनको तलव

संसारपोस्ट संवाददाता · ११ चैत्र २०७६ · 0
कोरोना रोकथाममा काँग्रेस सांसदहरुको १५ दिनको तलव
70
SHARES
ShareTweet


बुटवल, ११ चैत । नेपाली काँग्रेसको संघीय संसद र प्रदेश ५ प्रदेशसभा सदस्यहरुले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न आधा महिनाको पारिश्रमिक बराबरको रकम ‘कोभिड—१९ नियन्त्रण तथा रोकथाम कोष’ मा जम्मा गर्ने भएका छन् ।
प्रदेशसभा सदस्यहरुले चैत महिनाको पारिश्रमिकबाट १५ दिन बराबरको रकम प्रदेश सरकारले गठन गरेको ‘कोभिड—१९ नियन्त्रण तथा रोकथाम कोष’ मा जम्मा गर्ने निर्णय गरेका हुन् ।
प्रदेश ५ प्रदेशसभामा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने १९ जना प्रदेश सभा सदस्यहरूले कोषमा उक्त रकम सहयोग गर्ने निर्णय भएको नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलका कार्यवाहक नेता विरेन्द्र कुमार कनौडियाले जानकारी दिनुभयो ।
‘कोभिड—१९ नियन्त्रण तथा रोकथाम कोष’ मा जम्मा हुने उक्त रकम कोभिड–१९ को नियन्त्रण, उपचार र राहतमा मात्र खर्च हुने बताइएको छ ।
यस्तै नेपाली काँग्रेस संघीय संसद, संसदीय दलले पनि केन्द्र सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषलाई सहयोग स्वरुप संघीय संसदमा प्रतिनिधित्व गर्ने सदस्यहरुको १५ दिनको पारिश्रमिक बराबरको रकम दिने निर्णय गरेको छ ।
संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरी विशवभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजनर गर्दै नेपाल सरकारले गरेको एक हप्ताको लागि देशभर लकडाउन गर्ने निर्णय सकारात्मक रहेको उल्लेख गर्नुभएको छ ।


सरकारको यो निर्णयलाई पूर्ण रुपले पालन गर्न सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई नेपाली काँग्रेस संसदीय दल हार्दिक अपिल गर्दछ विज्ञप्तिमा भनिएको छ ।
लक डाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकहरुलाई जीवनयापन गर्न कठिनाई हुने भएको हुंदा श्रमिकहरुलाई सहजरुपमा खाद्यान्न उपलब्ध गराउने ब्यवस्थाका लागि नेपाली काँग्रेस संसदीय दललले विज्ञप्ति मार्फत नेपाल सरकारसंग आग्रह गरेको छ ।
यस्तै विज्ञप्ति मार्फत यस विषम परिस्थितिमा सम्पुर्ण नेपालीहरु एकजुट भई धैर्यताका साथ चुनौतिको सामना गर्न अपिल गरिएको छ ।

≪ Previous Post

७७ जनाबाट ३ करोड ठगेर सैनामैनाका ब्यवसायी फरार

Next Post ≫

प्रदेश पाँचमा लकडाउनको अवज्ञा गर्ने ४४४ सवारी प्रहरी नियन्त्रणामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क