Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ७७ जनाबाट ३ करोड ठगेर सैनामैनाका ब्यवसायी फरार
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

७७ जनाबाट ३ करोड ठगेर सैनामैनाका ब्यवसायी फरार

संसारपोस्ट संवाददाता · ११ चैत्र २०७६ · 0
७७ जनाबाट ३ करोड ठगेर सैनामैनाका ब्यवसायी फरार
80
SHARES
ShareTweet


बुटवल, ११ चैत । रुपन्देहीको सैनामैना नगरपालिकाका एक व्यवसायी बिभिन्न ब्यक्तिको करिव तीन करोड रुपैयाँ ठगेर फरार भएका छन् । सैनामैना नगरपालिका वडा नम्वर ४ मुर्गिया निवासी ५० वर्षिय उत्तमबहादुर श्रेष्ठ स्थानीय ७७ जना व्यक्तिबाट लिएको दुई करोड ९५ लाख ७० हजार रुपैयाँ नतिरी मुर्गियाबाट भागेका हुन् । उनले विभिन्न वहाना बनाएर उक्त रकम लिएका थिए ।
मुर्गियामा रहेका घर र पसल बेचेर परिवारसहित श्रेष्ठ भागेको थाहा पाएपछि मात्र श्रेष्ठलाई रकम दिनेहरुले आफुहरु ठगिएको थाहा पाएका हुन् ।
मुर्गिया बजारमा दुईवटा पक्की घर, फेन्सी र फलफूल पसल राखेका श्रेष्ठले रकम तिर्ने विश्वासमा उनलाई रकम दिएको पीडितहरु बताउछन् । श्रेष्ठले कसैसंग छोरालाई जापान पठाउन, कसैसंग पसलमा सामान थप्न, कसैसंग घडेरी किन्न, कसैसंग छोरीको छोडपत्र हुन लागेको समस्या देखाएर त कसैसंग बुटवलमा फाइभ स्टार होटल किन्ने बहाना बनाएर रकम मागेका थिए । व्यवसायी, सरकारी जागिरेदेखि अपाङ्गता भएका सिधासाधा गृहिणी र बृद्धबृद्धालगायतका व्यक्तिहरुसंगबाट श्रेष्ठले रकम लिएका छन् ।
श्रेष्ठले विभिन्न व्यक्तिबाट ५० हजारदेखि २५ लाख रुपैयाँसम्म रकम लिएको स्थानीय गोपाल शर्माले बताउनुभयो । श्रेष्ठले रकम लेनदेन गरेका ब्यक्तिहरुसंगको केही कागज सैनामैना नगरपालिका वडा नंं. ४ को वडा कार्यालयले नै गरिदिएको छ ।
मुर्र्गियामा रहेका श्रेष्ठका दुई घर यही चैत ५ गते देवीप्रसाद श्रेष्ठ र मिनप्रसाद श्रेष्ठले आफूहरुले किनेको दावी गरेपछि र फेन्सी पसल समेत अर्कैले सञ्चालन गरेको देखेपछि सोधखोज गर्दा उत्तमबहादुर आफ्नो चारजनाको परिवारसहित अघिल्लो दिन नै भागेको जानकारी भएको हो । सबै सम्पत्ति बेचेर परिवारसहित सम्पर्कविहीन भएपछि पीडितहरुले उत्तमबहादुरलाई खोजी गरिदिन इलाका प्रहरी कार्यालय रन्यौरामा निवेदन दिएका छन् । पीडितहरु जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय बुटवल र प्रदेश प्रहरी कार्यलयमा निवेदन दिने तयारीमा रहेको श्रेष्ठबाट पीडित मध्येका गोपाल शर्माले बताउनुभयो ।


तमसुक, बाउन्स चेक र अन्य कागजपत्र सहित पीडितहरुले उत्तमबहादुरले विक्री गरेको घर अगाडी प्रदर्शन गर्दै प्रहरी प्रशासनले निजलाई पक्राउ नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनीहरुले ऐलानी जग्गाको घर विक्री गर्दा वडा अध्यक्ष र सैनामैना नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले मिलेमतो वा गल्ती गरेको आशंका गर्दै छानवीन गर्न समेत माग गरेका छन् । इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले उत्तमबहादुर श्रेष्ठलाई खोजी गरिदिन निवेदन आएको तर लेनदेनको विषय भएकाले आफूले प्रकृयागतरुपमा केही गर्न नमिलेपनि व्यवहारिक हिसाबले खोजी गरिरहेको बताउनुभयो । ठगीको आरोप लागेका उत्तमबहादुर र उनका परिवारका सदस्य कसैको पनि मोबाइल फोनमा सम्पर्क हुन सकेको छैन ।

≪ Previous Post

रोहिणी गाउपालिकाले कोरोना शंकास्पदलाई घरमै चेकजाँच गर्ने

Next Post ≫

कोरोना रोकथाममा काँग्रेस सांसदहरुको १५ दिनको तलव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क