Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ तिलोत्तमा नगरपालिका मंगलवारदेखि एक हप्ता लकडाउन, एक महिनाको घर बहाल कर छुट
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमा नगरपालिका मंगलवारदेखि एक हप्ता लकडाउन, एक महिनाको घर बहाल कर छुट

संसारपोस्ट संवाददाता · १० चैत्र २०७६ · 0
तिलोत्तमा नगरपालिका मंगलवारदेखि एक हप्ता लकडाउन, एक महिनाको घर बहाल कर छुट
120
SHARES
ShareTweet

बुटवल १० चैत
रुपन्देहीको तिलोत्तमा नगरपालिले चैत ११ देखि एक हप्ताका लागि लकडाउन गरेको छ ।
न्गरभित्रका उद्योगधन्दा, कलकारखाना, होटल, रेष्टुरेन्ट, चिया÷खाजा पसल, व्यवसाय, हार्डबेयर, निर्माण कार्य, हाटबजार, पार्क, खेलमैदान, व्यायमशाला, सैलुन, सहकारी, व्युटीपार्लर, फेन्सीलगायत अत्यावश्यक बाहेकका सबै सेवा एक हप्ता बन्द हुने भएका छन् । सोमबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले कोरोना संक्रमण रोक्न चैत ११ देखि १७ गतेसम्म नगरपालिकामा लकडाउन गर्ने निर्णय गरेको हो ।
अत्यावश्यक सेवामा औषधि, खाद्यन्न, पानी, दुग्ध पदार्थ, दमकल, एम्बुलेन्स, सञ्चार, ईन्धन, फोहोरमैला व्यवस्थापनलगायत छन् । सरकारले अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाहिर ननिस्कन अनुरोध गरे पनि त्यो प्रभावकारी नभैरहेको अवस्थामा तिलोत्तमाले मानिसको जमघट रोक्न यस प्रकारको निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।
लकडाउनबाट प्रभावित दैनिक मजदुरी गरेर खाने सम्बन्धित वर्गलाई छाक टार्न समस्या भएमा त्यसको व्यवस्थापन नगरपालिकाले गर्नेछ । ’टोल विकास संस्थासँगको सहकार्यमा दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरुको यो अवधिमा दैनिक छाक टार्न समस्या परेमा आवश्यक खाद्यन्नको व्यवस्था नगरपालिकाले गर्नेछ ।’ उहाँले भन्नुभयो, ’हाम्रो निर्णयबाट कसैको चुल्हो नजल्ने अवस्था नआओस् भन्नेमा हामीहरु सचेत छौं ।’
बैठकले दैनिक ज्यालादारी काम गर्ने मजदुरलाई काममा लगाउने निर्माण व्यवसायी, उद्योग÷धन्दा, ठेकेदार, घरधनीले उचित व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ । बैठकमा जनप्रतिनिधि, राजनीतिक दल, उद्योग÷व्यवसायी, निर्माण मजदुर सम्बद्ध संस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायतका सहभागी थिए ।
नगरपालिकाले एक महिनाको घर बहाल कर छुट दिने निर्णय पनि गरेको छ । यस्तै नगरपालिकामा बुझाउनु पर्ने कर, राजस्व, महशुलमा यो अवधिभर विलम्व शुल्क नलिने निर्णय समेत गरेको प्रवक्ता श्रीले जानकारी दिनुभयो । सर्वदलीय, सर्वपक्षीय बैठकले नगरबासीलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन सबैलाई अपिल गरेको छ ।
बैठकमा नगर प्रमुख बासुदेव घिमिरेले कोरोना संक्रमण रोकथाममा नगरपालिकाले गरेको कार्यहरुको बारेमा जानकारी दिनुभएको थियो । उपप्रमुख जागेश्वरी चौधरीले कोरोना संक्रमणको पूर्वतयारीमा जुट्न सम्पूर्ण नगरबासीलाई आग्रह गर्दै यो विषयमा सबै संवेदनशील बन्नुपर्ने बताउनुभयो ।
त्यसअवसरमा नेकपा तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईं, नेपाली कांग्रेसका जगत पौडेल, तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष जेपी कंडेल, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, निर्माण व्यवसायी प्रतिनिधि नरु छन्तेल, तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेलललगायतले कोरोना संक्रमण पूर्वतयारीको अवस्थामा बोल्नुभएको थियो ।

≪ Previous Post

अत्यावश्यक बाहेकका सेवा बन्द गर्न व्यबसायिक संस्थाहरुको आह्वान

Next Post ≫

कृषि विकास बैंकको कोरोना संक्रमण रोकथाम अभियान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क