Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अत्यावश्यक बाहेकका सेवा बन्द गर्न व्यबसायिक संस्थाहरुको आह्वान
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अत्यावश्यक बाहेकका सेवा बन्द गर्न व्यबसायिक संस्थाहरुको आह्वान

संसारपोस्ट संवाददाता · १० चैत्र २०७६ · 0
80
SHARES
ShareTweet


बुटवल, १० चैत । बुटवल उद्योग बाणिज्य संघ रुपन्देही, रुपन्देही उद्योग संघ र रुपन्देही व्यापार संघले संयुक्त अपिल जारी गरी अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्न आग्रह गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण नेपाल समेत उच्च जोखिममा रहेकाले प्रधानमन्त्री केपी शर्मा वलीले सम्बोधन गरेअनुसार सार्वजनिक नीजि सेवा प्रदायक संस्थाहरुले नेपाल राजपत्रमा प्रकाशित भएका अत्यावश्यक बाहेकका सेवा आजैदेखि यहि चैत २१ गतेसम्मकालागि बन्द गर्न उद्योगी व्यबसायीलाई आग्रह गरेको हो ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा र रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीद्वारा हस्ताक्षरित संयुक्त अपिलमा ‘बाचौं र बचाऔं’को अभियान सहित आ–आफ्नो क्षेत्रमा खाद्यान्न, औषधी तथा स्वास्थ्य सेवालाई निरन्तरता दिन र अन्य व्यबसाय बन्द गर्न अपिल गर्दछौं, भनिएको छ ।
त्यस्तै अत्यावश्यकीय बस्तुको बिक्रि वितरण गर्दा उपभोक्तासंग निश्चित दुरी कायम गरि बिक्रि बितरण गर्न र स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न समेत आग्रह गरिएको छ । त्यसैगरी अत्यावश्यक खाद्यान्न, औषधी मास्क, सेनीटाईजर लगायतका सामाग्रिहरु बिक्रि बितरणलाई प्रभावकारी रुपमा आम उपभोक्तालाई सेवा प्रदान गर्न समेत अपिल गरिएको छ ।
अत्यावश्यक सामाग्रिको अनुचित भण्डारण नगर्न तथा उपभोक्ताले समेत आवश्यकता भन्दा बढी सामानको खरिद नगर्न आग्रह गर्दै अत्यधिक ज्वरो आउने, रुघाखोकी लाग्ने तथा स्वासप्रस्वासमा समस्या आएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत अपिल गरिएको छ ।

हार्डवयर व्यबसायिक प्रतिष्ठान बन्द


रुपन्देही सिद्धार्थ निर्माण सामाग्रि व्यबसायी संघले व्यबसाय बन्द गरेर सुरक्षित रहन व्यबसायीलाई आग्रह गरेको छ । छिमेकी मुलुक चीनबाट फैलिएर विश्वव्यापी रुपमा महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड–१९)को संक्रमण हुन नदिन र त्यसबाट बँच्नकालागि संघले व्यबसायिक प्रतिस्ठान बन्द गर्न व्यबसायीलाई आग्रह गरेको हो ।
संघले सोमबार एक विज्ञप्ती प्रकाशित गरि विषम परिस्थितीमा सरकारलाई सहयोग गर्ने दायित्व सबैको भएको बताउँदै यो भाईरसबाट आफू पनि बँच्न र अरुलाई पनि बचाउनकालागि सेचत रहेन आग्रह गरेको हो ।
संघका अध्यक्ष सुनिल मरासिनीले जारी गरेको विज्ञप्तीमा मंगलबारदेखि परिस्थिती सहज नहुँदा सम्मकालागि व्यबसायिक प्रतिस्ठान (हार्डवयर पसल) बन्द गरि सहयोग गर्नकालागि आग्रह गरिएको हो । त्यस्तैगरी निर्माण सम्बन्धि काम गर्ने निर्माण व्यबसायीहरुलाई समेत उक्त कार्यमा सहयोग गर्न आग्रह गरिएको छ ।

≪ Previous Post

प्रदेश ५ मा १० करोड कोरोना भाइरस नियन्त्रण कोष,आइसोलेसन अस्पताल निर्माणका लागि मन्त्रीलाई संयोजक

Next Post ≫

तिलोत्तमा नगरपालिका मंगलवारदेखि एक हप्ता लकडाउन, एक महिनाको घर बहाल कर छुट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क