Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश ५ मा १० करोड कोरोना भाइरस नियन्त्रण कोष,आइसोलेसन अस्पताल निर्माणका लागि मन्त्रीलाई संयोजक
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश ५ मा १० करोड कोरोना भाइरस नियन्त्रण कोष,आइसोलेसन अस्पताल निर्माणका लागि मन्त्रीलाई संयोजक

संसारपोस्ट संवाददाता · १० चैत्र २०७६ · 0
प्रदेश  ५ मा  १० करोड कोरोना भाइरस नियन्त्रण कोष,आइसोलेसन अस्पताल निर्माणका लागि मन्त्रीलाई संयोजक
160
SHARES
ShareTweet


, बुटवल १० चैत । प्रदेश ५ को सरकारले, १० करोड रुपैयाँको नोभल कोरोना भाइरस नियन्त्रण कोष बनाउने निर्णय गरेको छ । प्रदेश सरकारको सोमवार वसेको मन्त्री परिषदको बैठकले कोषमा माननीय मुख्यमन्त्री र मन्त्रीहरुको एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेको छ ।
नोभल कोरोना भाइरस नियन्त्रण, प्रतिकार्य र रोकथामका लागि आइसोलेसन अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन गर्न मन्त्रीहरु संयोजक रहेको व्यवस्थापन समिति समेत गठन गरेकोछ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकालागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी संयोजक, सदस्यहरुमा बुटवल उपमहानगरपालिका नगरप्रमुख, तिलोत्तमा नगरपालिका नगरप्रमुख,रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख,देवदह मेडिकल कलेजका प्रमुख र सदस्यसचिवमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकामेडिकल सुपरिटेण्डेण्ट रहने गरि बैठकले निर्णय गरेको छ ।
भिम अस्पताल, भैरहवाका लागि सामाजिक विकास मन्त्रीशुदर्शन बराल संयोजकरी, सदस्यहरुमा सिद्धार्थनगरपालिकाका नगरप्रमुख, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख, युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेजका प्रमुख र सदस्य सचिवमा भिम अस्पतालका मेडिकल सुपरिटेण्डेन्टरहने गरि बैठकले निर्णय गरेको छ ।
केन्द्रीय आर्युवेद विद्यापिठ बेलझुण्डी दाङका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी संयोजक, सदस्यहरुमा घोराही उपमहानगरपालिकाका प्रमुख, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख, दाङका प्रमुख जिल्ला अधिकारी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, आयुर्वेद अध्ययन संस्थान नेपाल संस्कृत विश्वविद्यालय र सदस्य सचिवमा राप्ती प्रादेशिक अस्पतालका प्रमुख रहने गरि बैठकले निर्णय गरेको छ ।
शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका लागि भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी संयोजक, सदस्यहरुमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख,बाँकेका प्रमुख जिल्ला अधिकारी,खजुरा गाउँपालिकाका अध्यक्ष,भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट, क्यान्सर अस्पतालका प्रमुख, नेपाल प्रहरी अस्पताल नेपालगञ्जका प्रमुख, नेपालगञ्ज मेडिकल कलेजका प्रमुख र बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सदस्य सचिव रहने गरि बैठकले निर्णय गरेको छ ।
यी समितिले तोकिएको जिम्मेवारी भित्रको क्षेत्रमा यथासक्य छिटा् आइसोलेसन अस्पताल स्थापना गर्ने छन् । समितिले अस्पतालको सञ्चालन कार्ययोजना बनाउने र आवश्यक सामग्रीको व्यवस्थापन गर्ने, अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्तिको सूची तयार गरी जनशक्ति व्यवस्थापन गर्ने र अस्पताल सञ्चालनका क्रममा आवश्यक निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुसंग आवश्यक सहयोग प्राप्त गर्ने काम गर्ने छन् ।
मन्त्रिपरिषदको बैठकले हरेक आइसोलेसन अस्पताल निर्माणका लागि निर्माण, सञ्चालन र व्यवस्थापन समितिको सदस्य सचिव कार्यरत रहेको कार्यालयमा नियमानुसार खर्च गर्ने गरी एक करोड रुपैंयाका दरले उपलब्ध गराउने निर्णय गरेको छ ।

≪ Previous Post

नेपालमा पनि १९ वर्षिय युवतीमा कोरोना संक्रमित भेटिएको पुष्टि

Next Post ≫

अत्यावश्यक बाहेकका सेवा बन्द गर्न व्यबसायिक संस्थाहरुको आह्वान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क