Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अत्याबश्यक सामाग्रीको विक्री वितरणलाई प्रभावकारी बनाउन आग्रह
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अत्याबश्यक सामाग्रीको विक्री वितरणलाई प्रभावकारी बनाउन आग्रह

संसारपोस्ट संवाददाता · ९ चैत्र २०७६ · 0
अत्याबश्यक सामाग्रीको विक्री वितरणलाई प्रभावकारी बनाउन आग्रह
70
SHARES
ShareTweet


बुटवल, ९ चैत । नेपाल उद्योग बाणिज्य महासंघ पाँच नम्बर प्रदेश समितिले दैनिक उपभोग्य बस्तुहरु खाद्यान्न, औषधी, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक सामाग्रीको बिक्री बितरणलाई प्रभावकारी बनाउन उद्योगी व्यबसायीलाई आग्रह गरेको छ । महासंघ प्रदेश समितिले आईतबार एक बिज्ञप्ती जारी गरी कोरोना भाईरस (कोभिड–१९) का कारण उत्पन्न परिस्थितिलाई सामान्य बनाउनकालागि सरकारलाई सहयोग र सहकार्य गर्ने दायित्व सबैको भएको स्मरण गराउँदै अत्यावश्यक बस्तु उपभोक्तालाई बिक्री विरतण गरि सेवालाई प्रभावकारी बनाउन आग्रह गरेको हो ।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश अध्यक्ष गुणनिधी तिवारीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा बजारमा दैनिक उपभोग्य लगायतका बस्तुहरुको मौज्दात प्रयाप्त मात्रामा रहेकाले आवश्यकता भन्दा बढी सामाग्रि खरिद नगर्न पनि उपभोक्तालाई अपिल गरिएको छ । त्यस्तै बिज्ञप्तीमा उद्योग व्यबसाय सञ्चालन गर्ने उद्योगी व्यबसायीहरुलाई घरभाडामा सहुलियत प्रदान गर्नकालागि पनि घरधनीहरुलाई आग्रह गरिएको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण सबैभन्दा बढी मार र असर उद्योगी व्यबसायीलाई पर्ने औंल्याउँदै बिज्ञप्ती मार्फत बैंक तथा बित्तिय संस्थाले व्याज मिनाहा, किस्ताको लागि समय बढाउनुको साथै प्रदेश तथा स्थानीय सरकारले लिने बहाल कर, व्यबसाय कर तथा नविकरण शुल्कमा बिशेष सहुलियतको घोरणा गरि राहत प्रदान गर्न माग गरिएको छ । त्यस्तै मुल्य अभिबृद्धि कर, अन्तशुल्क, अग्रिम आयकर लगायतका कर तथा राजश्व बुझाउने समयसिमा जरिवाना नलाग्ने गरि बढाउनकालागि सरकारसंग माग गरिएको छ ।

≪ Previous Post

रोहिणीले पालिकासंग सिमा जोडिएका नाका बन्द गराउदै

Next Post ≫

सरकारले भारत र चीनका नाका बन्द गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क