Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोहिणीले पालिकासंग सिमा जोडिएका नाका बन्द गराउदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोहिणीले पालिकासंग सिमा जोडिएका नाका बन्द गराउदै

संसारपोस्ट संवाददाता · ९ चैत्र २०७६ · 0
रोहिणीले पालिकासंग सिमा जोडिएका नाका बन्द गराउदै
70
SHARES
ShareTweet


भैरहवा, ९ चैत । रुपन्देहीको रोहिणी गाउँपालिकाले भारतसित सिमा जोडिएका नाकाबाट हुने आवागमन सोमबारदेखि बन्द गर्ने जनाएको छ । भारतीय नागरिक नेपाल आउने र नेपाली नागरिक भारतीय बजारमा जाने गरेका कारण गाउँपालिकाका जनता कोरोनाको जोखिममा पर्न सक्ने भन्दै पालिकासंग सिमा जोडिएका नाका बन्द गर्न लागेको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिनुभयो ।
रोहिणी गाउँपालिकाका ५ वटा वडाहरु भारतसित जोडिएर रहेकाले गाउँपालिकाले आफ्नो पालिका अन्तर्गत पर्ने नाकाबाट हुने आवागमन वन्द गर्न लागेको हो । गाउँपालिकाले गरेको यो निर्णयबाट रोहिणी गाउँपालिकासंगै ओमसतिया गाउँपालिका र देवदह नगरपालिकाका जनतामा पनि यसको जोखिम कम हुनेछ । यी तिनवटै पालिकाहरुको मूख्य बजार भनेकै भारतको भगवानपुर बजार हो । भारतमा कोरोनाको उच्च जोखिम देखिएकोले आईतबार देखि त्यहांको सरकारले जनता कफ्र्युको आग्रह गरेको छ । जसले गर्दा अहिले सिमावर्ती बजारहरु सुनसान बनेका छन् ।
बिगत १५ दिन देखि सिमा नाकामा हेल्प डेस्क राखी नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य चेकजाँच गर्दै आएको गाउँपालिकाले सोमबार देखि उक्त क्याम्प गाउँपालिकाकै सदरमुकाम धकधईमा सार्ने अध्यक्ष यादवले बताउनुभयो । अध्यक्ष यादवले अबका दिनमा गाउँपालिकामा पनि उच्च सतर्कता अपनाउने जनाउनुभएको छ ।
गाउँपालिकामा आउने सेवाग्रहीका साथै गाउँपालिकावासीलाई यस विषयमा बिभिन्न सचेतनामूलक कामहरु गरिनुका साथै सर्वसाधारणको स्वास्थ्य चेकजाँच देखि शंकास्पदलाई परामर्श तथा प्रयाप्त औषधी उपचारको लागि समेत ब्यवस्था गरिने समेत अध्यक्ष यादवले बताउनु भयो ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष सरोज कुमार पाण्डेले अहिले गाउँपालिकाले सचेतनामूलक कार्यको साथै प्रत्येक पालिकावासिलाई पुग्ने गरी मास्क बितरण गरिने बताउनुभयो ।

≪ Previous Post

बैंकको ब्याज मिनाहा गर्न तिलोत्तमा उद्योग बाणिज्य संघको माग

Next Post ≫

अत्याबश्यक सामाग्रीको विक्री वितरणलाई प्रभावकारी बनाउन आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क