Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बैंकको ब्याज मिनाहा गर्न तिलोत्तमा उद्योग बाणिज्य संघको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बैंकको ब्याज मिनाहा गर्न तिलोत्तमा उद्योग बाणिज्य संघको माग

संसारपोस्ट संवाददाता · ९ चैत्र २०७६ · 0
बैंकको ब्याज मिनाहा गर्न तिलोत्तमा उद्योग बाणिज्य संघको माग
90
SHARES
ShareTweet


बुटवल ९ चैत
तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीले हाल विश्वभर फैलिएको कोरोना भाइसरस (कोभिड –१९)को असर यस क्षेत्रका उद्योग ब्यवसाय लगायत सम्पुर्ण क्षेत्रमा परेको र यसको जोखिम तथा त्रासका कारण आर्थिक गतिविधिमा आईरहेको सुस्तता र असहजतालाई ध्यानमा राखि उद्योग व्यवसाय क्षेत्रको राहतका लागि यस अवधिको बैंक तथा वित्तिय संस्थाको ब्याज मिनाहा गर्न सम्बन्धित बैंक तथा वित्तिय संस्थाहरुसँग माग गरेको छ ।
यसका साथै संघले वर्तमान विषम परिस्थितिमा अत्यावश्यक वस्तुहरु औषधी, मास्क, सेनेटाइजर लगायत खाद्यान्न तथा पेट्रोलियम पदार्थहरुको व्यवस्थापन, बिक्री वितरण र ढुवानी कार्य पारदर्शाी र प्रभावकारी ढंगबाट गरी आम उपभोक्ताहरुलाई सेवा दिन उद्यमी व्यवसायीहरुलाई अपिल गरेको छ ।
संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव) ले आईतबार एक विज्ञप्ति जारी गरी वर्तमान जटिल अवस्थामा उद्योग, व्यवसाय लगायत सबै क्षेत्रले आ– आफ्नो स्थानबाट भविष्यमा आइपर्ने विपत्ति समेतलाई मध्यनजर गर्दै आ– आफ्नो भूमिकालाई प्रभावकारी ढंगबाट निर्वाह गर्नुपर्ने समय आएकोले कृत्रिम अभाव श्रृजना गराई कालोबजारी गर्ने कार्य नगर्न नगराउन सम्वन्धित उद्योगी ब्यवसायीलाई अपिल गर्नुभएको छ । अनुगमनका क्रममा यस्तो कार्य गरेको पाइएमा नेपाल सरकारको ऐन कानुन बमोजिम कारबाही सहित मालसामान जफत हुने कानुनी व्यवस्था रहेकाले सचेत रहन उद्योगी ब्यवसायीलाई विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।
विज्ञप्तिमा बजारमा दैनिक उपभोग्य वस्तुहरुको मौज्दात पर्याप्त रहेकाले अनावश्यक खरिद एवं भण्डारणको कार्य नगर्न नगराउन आम उपभोक्ता वर्गमा समेत अपिल गरिएको छ । यस्तै अत्यावश्यक काम बाहेक भारततर्फ आवत जावत नगर्न तथा भारतीय बजारबाट खाद्य वस्तुहरु ल्याउने कार्य बन्द गर्न समेत संघले विज्ञप्ति मार्फत सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
वर्तमान विषम परिस्थितिमा नेपाल सरकार, प्रदेश सरकार–प्रदेश नं ५ र स्थानीय निकायहरुसँग सहकार्य गर्दै कोरोना भाइसर रोकथाम तथा न्यूनिकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम र अनुगमन लगायतका कार्यमा समेत संघ क्रियाशिल रहंदै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै संघले कोरोना भाईरसको संक्रमण र जोखिमबाट बच्न सोमवारदेखि अर्को सूचना जारी नभएसम्मका लागि संघको कार्यालयवाट प्रवाह गरिने सवै कार्यहरु समेत बन्द गरेको छ ।

≪ Previous Post

रोहिणी गाउँपालिकाले भारतीय आवागमन बन्द गराउदै

Next Post ≫

रोहिणीले पालिकासंग सिमा जोडिएका नाका बन्द गराउदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क