Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रोहिणी गाउँपालिकाले भारतीय आवागमन बन्द गराउदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोहिणी गाउँपालिकाले भारतीय आवागमन बन्द गराउदै

संसारपोस्ट संवाददाता · ९ चैत्र २०७६ · 0
रोहिणी गाउँपालिकाले भारतीय आवागमन बन्द गराउदै
60
SHARES
ShareTweet


भैरहवा ९ चैत रुपन्देहीको रोहिणी गाउँपालिकाले भारतसित जोडिएर रहेको आफ्नो नाका सोमबार देखी बन्द गर्ने जनाएको छ । भारतीय अवागमनको कारण गाउँपालिकाको जनता पनि उच्च जोखिममा रहेको कारण सीमा बन्द गर्ने गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए ।
गाउँपालिको यो निर्णय संगै रोहिणी गाउँपालिका मात्र हैन यस संगै जोडिएर रहेको ओमसतिया गाउँपालिका र देवदह नगरपालिकाको जनता पनि प्रभावित हुनेछन् । यी तिनवटै गाउँपालिकाहरुको मूख्य बजार भनेकै भारतको भगवानपुर बजार रहेको छ । भारतमै कोरोनाको उच्च जोखिा देखिएकोले आईतबार देखी त्यहाको सरकारले पनि जनता कफ्र्युको अनुरोध गरेको छ । जसले गर्दा अहिले सीमावर्ती बजारहरु सुनसान बनेका छन् ।
बिगत १५ दिन देखी समिा नाकामा हेल्प डेस्क राखी नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य चेकजाँच गर्दै आएको गाउँपालिकाले सोमबार देखी उक्त क्याम्प गाउँपालिकाकै सदरमुकाम धकधईमा सार्ने यादवले बताए ।
यादवले अबको दिनमा गाउँपालिकामा पनि उच्च सर्तकता अपनाउने जनाएका छन् । उनले गाउँपालिकामा आउने सेवाग्रही मात्र नभई गाउँपालिकावासीलाई पनि बिभिन्न सचेतनामूलक कामहरु गरिने बताए । सर्वसाधारणको स्वास्थ्य चेकजाँच देखी शंकास्पदलाई परामर्श तथा प्रर्याप्त औषधी उपचारको लागी ब्यस्था समेत गर्ने उनले जनाए । अहिले कोरोनाको त्रास रहे पनि तर्सिहाल्ने अवश्था नरहेको बताउदै यादवले सर्तकता भने अपनाउन जरुरी रहेको अनुरोध गरे ।
गाउँपालिकावासीको हित र स्वास्थ्यको लागी सके सम्मको प्रयास गर्ने भएकोले सबै जनता सावधानीपूर्वक ढुक्क हुन उनले आग्रह गरे ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष सरोज कुमार पाण्डेले अहिले गाउँपालिकाले सचेतनामूलक कार्यको साथै स्थानियलाई मास्क बितरण गरिएको जनाए । उनले प्रत्येक पालिकावासीलाई पुग्ने गरि मास्क बितरण गरिने बताए ।
रोहिणी गाउँपालिकाका ५ वटा वडाहरु भारतसित जोडिएर रहेको छ ।

≪ Previous Post

राजनीतिक दलहरुद्वारा कोरोना बिशेष अस्पतालको अवलोकन

Next Post ≫

बैंकको ब्याज मिनाहा गर्न तिलोत्तमा उद्योग बाणिज्य संघको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क