Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राजनीतिक दलहरुद्वारा कोरोना बिशेष अस्पतालको अवलोकन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राजनीतिक दलहरुद्वारा कोरोना बिशेष अस्पतालको अवलोकन

संसारपोस्ट संवाददाता · ९ चैत्र २०७६ · 0
राजनीतिक दलहरुद्वारा कोरोना बिशेष अस्पतालको अवलोकन
60
SHARES
ShareTweet


बुटवल, ९ चैत । बुटवलमा कृयाशिल राजनीतिक दलहरुले निर्माण हुँदै गरेको बुटवल कोरोना बिशेष (अस्थायी) अस्पतालको स्थलगत अवलोकन गरि आवश्यक तयारीका बारेमा जानकारी लिएका छन् । छिमेकी मुलुक चीनबाट फैलिएर अहिले विश्वमा महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड–१९)को संक्रमण भईहाले तत्कालै उचारकालागि संघीय सरकारले प्रत्येक प्रदेशमा सय बेडको कोरोना विशेष अस्पताल निर्माण गर्न प्रदेश सरकारलाई आग्रह गरेको थियो ।
सोही अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र बुटवल उपमहानगरपालिकाको पहलमा बन्द भएको बुटवल धागो कारखानामा निर्माण भईरहेको कोरोना बिशेष (अस्थायी) अस्पतालका बारेमा बुटवलमा कृयाशिल सत्ताबाहिरका दलहरुले स्थलगत अवलोकन गरि विपदको सामना गर्नकालागि आफूहरु पनि तयार रहेको जानकारी गराईएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेले जानकारी गराउनु भयो ।


त्यस अवसरमा बुटवल नगरपालिकाका प्रमुख शिवराज सुवेदीले विपदको सामना गर्नकालागि नगरपालिका र प्रदेश सरकार मिलेर काम सुरु गरेको बताउँदै तत्काल विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार ४८ बेड तयार भएको र आवश्यकता अनुसार थप गरिने जानकारी गराउनु भयो । उहाँले कोरोनाको संक्रमण भएका बिरामीलाई निगरानीमा राख्दा प्रयोग हुने उपकरण महंगो पर्ने भएकाले नगरपालिका र प्रदेश सरकारलाई आर्थिक भार बढी हुने भएकाले जसले जति सक्छ सहयोगकालागि समेत आग्रह गर्नुभयो । उहाँले यसको उपचार भन्दा पनि संक्रमण हुनै नदिनकालागि होम क्वारेनटाईनमा बस्न पनि सबैलाई आग्रह गर्नुभयो ।


त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले दुई दिनमा करिव करिव अस्पताल निर्माणको काम पुरा भएको बताउँदै सहि सूचना प्रसारित होस भन्नकालागि अस्पतालमा भएका गतिबिधि लगायतका बिषयहरु दैनिक लिखित प्रेस विज्ञप्ती मार्फत जानकारी गराउने तयारी गरिएको जानकारी गराउनु भयो । उहाँले बिरामीको उपचारलाई प्रभावकारी बनाउनका लागि निर्माण भएका सबै बेडहरुलाई आईसोलेड गरिने र भेन्टिलेटरको समेत व्यबस्था मिलाईने जानकारी गराउनु भयो । उहाँले एउटा बिरामीको उपचारकालागि औषधी बाहेक उपकरणमा मात्रै दैनिक ४० हजारको हाराहारीमा खर्च हुनेपनि जानकारी गराउनु भयो ।
त्यस्तैगरी सत्तापक्षका प्रदेश सभा सदस्य दधिराम न्यौपाने (एमएस)ले बोर्डरमा व्यबस्थित चेकजाँच नभएकोले त्यसलाई सुधारकालागि प्रयास भएको उल्लेख गर्नुभयो । उहाँले आफूपनि बोर्डरहरुमा स्थलगत अवलोकन गरेको र जाने आउनेको व्यबस्थित चेकजाँच लगायतका काम नभएकाले त्यसलाई व्यबस्थि गर्नकालागि सरकारलाई आग्रह गरे अनुसार आजैदेखि चेकजाँचमा सुधार भएको जानकारी गराउनु भयो ।
त्यस अवसरमा नेपाली काँग्रेसको तर्फबाट सभापति खेलराज पाण्डे, उपसभापति बिमलराज भट्टराई, सचिव ज्योती भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीका थर्कबहादुर बाह्रघरे, राप्रपाका निरजप्रताप खाँण, राष्ट्रिय जनमोर्चाका तुलसीराम शर्मा, नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष हरिसुन्दर बासी, राजपाका राजेन्द्र अग्रहरी, समाजवादी पार्टीका बामदेव भुसाल, नेकपा मालेका भरत पराजुली, नेकपा क्रान्तिकारीका मानबहादुर कुँवर सहभागि हुनुभएको थियो । उहाँहरुले बिरामीको उचारमा कुनै कसर बाँकी नराख्न र आफूहरुको तर्फबाट पूर्ण साथ र समर्थन रहने जानकारी गराउनु भएको थियो ।

≪ Previous Post

भलाई कोषद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

Next Post ≫

रोहिणी गाउँपालिकाले भारतीय आवागमन बन्द गराउदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क