Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ५० प्रतिशत अनुदानमा फलफूलका विरुवा
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

५० प्रतिशत अनुदानमा फलफूलका विरुवा

संसारपोस्ट संवाददाता · २४ असार २०७६ · 0
५० प्रतिशत अनुदानमा फलफूलका विरुवा
50
SHARES
ShareTweet


भैरहवा, २४ असार । सिद्धार्थनगर नगरपालिकाले चालु आर्थिक वर्षभित्रै दुई हजार पाँच सय फलफूलका विरुवा ५० प्रतिशत अनुदानमा वितरण गर्ने भएको छ । नगरपालिकाको ५० प्रतिशत र सम्बन्धित व्यक्तिको ५० प्रतिशत गरि अनुदानमा फलफूलका विरुवा वितरण सुरु गरिएको उपप्रमुख उमा काफ्लेले बताइन् । अहिलेसम्म ९ सय विरुवा वितरण गरिसकिएको नगरपालिकाले जनाएको छ । ढिलो वर्षा भएकाले वितरणमा पनि ढिलाई भएको नगरपालिकाका कृषि विकास अधिकृत अलाउद्दिन खाँले जानकारी दिए ।
नगरपालिकालाई हराभरा बनाउने, कृषकलाई आत्मनिर्भर बनाउने, स्थानीय स्तरमा फलफूल उत्पादन गरी आयात रोक्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले फलफूलका विरुवा वितरण सुरु गरिएको उपप्रमुख काफ्लेले बताइन् ।
नगरपालिकाले मंगलबार मात्रै विभिन्न फलफूलका ४ सय बढी विरुवा वितरण गरेको छ । आँप, लिची, अमला, मेवा, कागती, अनार, अंगुर, कटहर, अम्वा, जामुन, एभोकाँडे, हलुवा वेद लगायत विभिन्न कलमी जातका फलफूल वितरण गर्दै आएको कृषि अधिकृत योगेन्द्रप्रसाद यादवले जनाए । अहिलेसम्म नगरपालिकाको वडा नं. १, २, ३, ८, ९, १० र ११ का धेरै कृषकलाई फलफूलका विरुवा वितरण गरिसकेको छ ।
आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्ष बनाउने नगरपालिकाले योजना अन्तर्गत चालु आवबाटै विरुवा वितरण गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत ख्यामबहादुर थापाका अनुसार वृक्षारोपण गर्दा फलफूलका विरुवालाई प्राथमिकता दिइएको छ । उनले सम्भव भएसम्म सबै कृषक तथा नगरबासीलाई फलफूलका विरुवा नै रोप्न आग्रह गरे । आगामी आवमा नगरपालिकाले करिब १० हजार फलफूलका विरुवा अनुदान सहयोगमा वितरण गर्ने योजना बनाएको छ । सबै विरुवा हुर्किएमा नगरमा आयात हुने फलफूल आयात प्रतिस्थापन हुने विश्वास लिइएको छ । फलफूलका विरुवाबाट स्वच्छ हावा पाउनुका साथै नगर सुन्दरीकरण समेत हुने भएकाले सबैलाई फलफूलका विरुवा नै रोप्न नगरपालिकाले आग्रह गरेको छ ।

≪ Previous Post

बुद्ध मूर्तिका लागि टाइगर प्यालेस र इन्भेष्टमेण्ट बैंकको सहयोग

Next Post ≫

नवलपरासीको जीवन ज्योति माविलाई ८ स्वर्ण पदक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क