Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ नवलपरासीको जीवन ज्योति माविलाई ८ स्वर्ण पदक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपरासीको जीवन ज्योति माविलाई ८ स्वर्ण पदक

संसारपोस्ट संवाददाता · २४ असार २०७६ · 0
नवलपरासीको जीवन ज्योति माविलाई ८ स्वर्ण पदक
70
SHARES
ShareTweet


नवलपरासी, २४ असार । पूर्वी नवलपरासीको यस बर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जीवन ज्योति माविले ८ स्वर्ण पदक प्राप्त गर्दै प्रथम भएको छ । सोमबार र मंगलबार गरी दुई दिन चलेको प्रतियोगितामा प्रथम भएको जीवन ज्योति माविले ८ स्वर्ण, एक रजत र २ कास्य पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति नवलपुरका कार्यालय प्रमुख विष्णु श्रेष्ठले बताए ।
त्यसैगरी मणिसंगम मावि डाँडाजोरले ३ स्वर्ण, ६ रजत र १ कास्य पदक सहिति द्वितीय स्थान हासिल गरेको छ भने ३ स्वर्ण, २ रजत पदक सहित जनता मावि त्रिभुवनटार तृतीय भएको छ ।
त्यसैगरी सर्दी चुकाहाका भानुदय माविले ३ स्वर्ण र २ कास्य पदक, सर्दीकै २ स्वर्ण, २ कास्य पदक, सरस्वती मावि मैदाघाटले २ स्वर्ण, मध्यविन्दु मावि कावासोतीले २ स्वर्ण प्राप्त गरेको छ ।
जीवन ज्योति मावि कावासोतीले छात्रतर्फको २ सय मिटर दौड, छात्रातर्फको २ सय मिटर दौड, छात्रतर्फको ४ सय मिटर दौड, छात्रातर्फको ४ सय मिटर दौडमा स्वर्णपदक प्राप्त गरेको हो ।
त्यसैगरी छात्रातर्फको १०० सय मिटर रिलेदौड, छात्रातर्फको लङजम्प, छात्रतर्फको कपर्दी, छात्रातर्फ कपर्दीतर्फमा पनि जीवन ज्योति मावि प्रथम भएको जीवन ज्योति माविका खेल शिक्षक एवम् जिल्ला खेलकुद विकास समिति नवलपुरका सदस्य निराजन महतोले बताए ।
प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले विजयी खेलाडी तथा विद्यार्थीहरुलाई पुरस्कार, शिल्ड, प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रम जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसीको अध्यक्षतामा भएको थियो ।

≪ Previous Post

५० प्रतिशत अनुदानमा फलफूलका विरुवा

Next Post ≫

आजको राशिफल (२०७६ असार २५ बुधबार)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क