Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ बुद्ध मूर्तिका लागि टाइगर प्यालेस र इन्भेष्टमेण्ट बैंकको सहयोग
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुद्ध मूर्तिका लागि टाइगर प्यालेस र इन्भेष्टमेण्ट बैंकको सहयोग

संसारपोस्ट संवाददाता · २४ असार २०७६ · 0
बुद्ध मूर्तिका लागि टाइगर प्यालेस र इन्भेष्टमेण्ट बैंकको सहयोग
90
SHARES
ShareTweet


भैरहवा, २४ असार । सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्र बुद्ध मूर्ति राख्न नगरपालिकाले थालेको अभियानलाई साथ दिने उद्देश्यले कोटीहवामा रहेको टाइगर प्यालेस रिसोर्ट र नेपाल इनभेष्टमेन्ट बैं लि. ले आर्थिक सहयोग गरेका छन् । मंगलबार रिसोर्ट र बैंकले नगरपालिकाद्वारा गठित उपभोक्ता समितिलाई नगद ३ लाख ६५ हजारका दरले ७ लाख ३० हजार रुपैयाँ सहयोग गरेका हुन् । अहिले नगरपालिकाले बेलहिया बुटवल ६ लेन सडकको बीच भागमा बुद्ध मूर्ति राखिरहेको छ । नगरपालिकाले चालु आबमा २० लाख रुपैयाँ छुट्याएर मूर्ति राखिरहेको छ ।
नगरपालिकाले २० लाखबाट ६ वटा मूर्ति असारभित्रै राखिसक्ने नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए । अहिलेसम्म ५ वटा मूर्ति राखिएको छ । सीमा नाका बेलहियाबाट अंचलपुरसम्म आगामी आर्थिक वर्ष ०७६÷७७ मा २३ वटा मूर्ति राख्ने नगरपालिकाको योजना छ । त्यसका लागि विभिन्न संघसंस्थालाई सहयोग गर्न नगरपालिकाले आह्वान गरेको छ ।
नगरपालिकाले बुद्ध मूर्ति व्यवस्थापन उपभोक्ता समितिमार्फत् काम गरिरहेको छ । इनभेष्टमेन्ट बैंकका पाँच नम्बर प्रदेश प्रमुख रामराज उपाध्यायले नगर प्रमुख हरिप्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले र उपभोक्ता समिति अध्यक्ष भरतकुमार पोखरेललाई ३ लाख ६५ हजारको चेक प्रदान गरेका हुन् । नगरपालिकाले बुद्ध नगरी बनाउन थालेको अभियानलाई साथ दिन बैंकको सामाजिक उत्तर दायित्व अन्तर्गत सहयोग गरिएको उपाध्यायले जानकारी दिए ।
टाइगर प्लोसका महाप्रबन्धक वलिभर केरुटेज र फाइनान्स व्यवस्थापक लक्ष्मण थापाले उपभोक्ता समिति अध्यक्ष पोखरेललाई ३ लाख ६५ हजारको चेक प्रदान गरे । लुम्बिनी आउने पर्यटकको आकर्षणलाई बढाउन नगरपालिकाले योजना सफल पार्न रिसोर्टले सहयोग गरेको महाप्रबन्धक केरुटेजले बताए । पहेँलो धातुबाट निर्मित एउटा बुद्ध मूर्ति राख्न करिब ३ लाख ६५ हजार खर्च लाग्ने नगरपालिकाले जनाएको छ । समाजिक काममा सबैले साथ दिए नगरपालिकाको योजना सफल हुने समिति अध्यक्ष पोखरेलले जनाए । उनले नगरलाई बुद्धमय बनाउन सबैको सहयोग उत्तिकै आवश्यकता रहेको औल्याए ।

≪ Previous Post

धकधईमा आँखा र कानको उपचार हुने

Next Post ≫

५० प्रतिशत अनुदानमा फलफूलका विरुवा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क