बुटवल, ३० फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको भैरहवा स्थित नापी कार्यालयका अधिकृत सहित ५ जनालाई १७ लाख घुससहित पक्राउ गरेको छ ।
जग्गाको कित्ताकाट मिलाईदिने भन्दै सेवाग्राहीसंग घुस रकम लिदै गर्दा नापी कार्यालय भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठसहित सर्भेक्षक थानेश्वर चौधरी, सर्भेक्षक तिर्थराम भण्डारी, मालपोत कार्यालय भैरहवाका नायव सुब्बा धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राजकुमार अर्याललाई अख्तियारको टोलीले भैरहवाबाट पक्राउ गरेको हो ।
अख्तियारको कार्यालय बुटवलबाट गएको टोलीले उनीहरुलाई सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ बसपार्क स्थित होटल अशोका नजिकबाट पक्राउ गरेको अख्तियार कार्यालयका प्रवक्ता प्रदिपकुमार कोईरालाले जानकारी दिनुभयो ।
प्रवक्ता कोईरालाका अनुसार पक्राउ परेकाहरुलाई अख्तियार बुटवल कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।