Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा नेपाल ट्रेड युनियन काँग्रेसको प्रदेश कार्यालय
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा नेपाल ट्रेड युनियन काँग्रेसको प्रदेश कार्यालय

संसारपोस्ट संवाददाता · ३० फाल्गुन २०७६ · 0
बुटवलमा नेपाल ट्रेड युनियन काँग्रेसको प्रदेश कार्यालय
70
SHARES
ShareTweet


बुटवल, ३० फागुन । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश पाँचले बुटवलमा प्रदेश कार्यालय स्थापना गरेको छ । बुटवलको कालिकानगर नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघको कार्यालय भवनमा स्थापित कार्यालयको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय अध्यक्ष तथा पूर्व सांसद पुष्कर आचार्यले प्रदेश कार्यालयको उद्घाटन गर्दै मुलुकको संघीय संरचनासंगै ट्रेड युनियन आन्दोलन पनि तीनै तहमा विभाजित भएकोले श्रमिकको हकाधिकारकालागि ट्रेड युनियन आन्दोलनका अभियन्ताहरु चनाखो हुनुपर्ने बताउनु भयो ।
नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश समितिका अध्यक्ष मुकुन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन)का केन्द्रीय अध्यक्ष जेबि गुरुङ्, नेपाली काँग्रेस क्षेत्रीय समितिका उपसभापति परशुराम ढकाल, बुटवल नगरसमितिका सभापति खेलराज पाण्डे, नेपाल व्यूटिसियन संघकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष शान्ति शर्मा, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रदेश उपाध्यक्ष कृष्णप्रसाद वेलवासेले गर्नुभएको थियो ।

≪ Previous Post

नापी अधिकृतसहित ५ जना १७ लाख घुससहित पक्राउ

Next Post ≫

कोरोनाको संक्रमणबाट बँच्न सतर्कता अपनाऔं :काँग्रेस स्वास्थ्य विभाग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क