Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश ५ सरकार कोरोना सतर्कता लागि भारतीय सार्वजनिक यातायातका गाडीलाई नेपाल प्रवेशमा रोक
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश ५ सरकार कोरोना सतर्कता लागि भारतीय सार्वजनिक यातायातका गाडीलाई नेपाल प्रवेशमा रोक

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०७६ · 0
प्रदेश ५ सरकार कोरोना सतर्कता लागि भारतीय सार्वजनिक यातायातका गाडीलाई नेपाल प्रवेशमा रोक
130
SHARES
ShareTweet



बुटवल २९ फागुन
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण रोक्नकालागि प्रदेश पाँच सरकारले भारतीय सार्वजनिक यातायातका साधनलाई नेपाल प्रवेशमा रोक लगाएको छ । प्रदेश पाँच कोरोनाको उच्च जोखिममा रहेको भन्दै मुख्यमन्त्री शंकर पोखरेलले मातहतका मन्त्रालयलाई भारतीय सवारी साधनमा रोक लगाउन निर्देशन दिनुभएको हो ।
विश्वमा महामारीको रुपमा देखा परेको कोरोनाको संक्रमण भारतमा समेत देखिएपछि प्रदेश सरकारले भारतीय गाडीलाई नेपाल प्रवेशमा रोक लगाउनुको साथै नेपालका सार्वजनिक सवारीका साधानलाई भारत नजान आग्रह गरेको हो ।
भारतीय सिमानाकासँग जोडिएको मुलुककै दोस्रो ठूलो नाका रुपन्देहीको वेलहियाबाट संक्रमण नेपाल प्रवेश गर्न सक्ने भएकाले भारतीय सिमाबाट आउने तेस्रो मुलुकका नागरिकहरुलाई समेत नेपाल प्रवेशमा रोक लगाएको छ ।
संक्रमण रोक्न पूर्व तयारीका लागि विहिबार बसेको मन्त्रीपरिषद बैठकमा मूख्यमन्त्री पोखरेलले आवश्यक सबै तयारी थाल्न सामाजिक विकास मन्त्रालय तथा सो अन्तरगत पर्ने स्वास्थ्य निर्देशनालय तथा सुरक्षाकर्मीहरुलाई निर्देशन दिनुभएको हो ।
त्यस अवसरमा सामाजिक विकास मन्त्रालयले हालम्म गरेका क्रियाकलाप तथा निर्णयहरु जानकारी गराउँदै मन्त्री सुदर्शन बरालले नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएको भएपनि सम्भावित सम्भावना टार्नकालागि सरकारका तर्फबाट पूर्व तयारीका सबै काम गरेको जानकारी गराउनु भयो ।
प्रदेश पाँचमा ४ वटा सरकारी अस्पताल, ४ वटा मेडिकल कलेज तथा १२ वटै जिल्लाका जिल्ला अस्पतालहरुमा आवश्यक परेका बेला बेड खाली गराएर भएपनि संक्रमितलाई राख्ने प्रदेश सरकारको तयारी रहेको उहाँले जानकारी गराउनु भयो ।
त्यस अवसरमा स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदकुमार गिरीले भैरहवा विमान स्थलमा नियमित स्वास्थ्य परिक्षणको काम भैरहेको र २४ सै घण्टा स्वास्थ्य परिक्षणका लागि स्वास्थ्यकर्मीको अभाव भएको जानकारी गराउनु भएको थियो ।
कोरोना संक्रमण भएनभएको परिक्षण गर्नकालागि प्रदेशका बिभिन्न नाकाहरुमा डेस्क निर्माण गरिएपनि नमुना परिक्षणकालागि काठमाण्डौ पठाउनु पर्ने बाध्यता छ । कसैलाई कोरोना संक्रमण भएको लक्षण देखिएमा उसको स्वास्थ्य परिक्षणकालागि छुट्टै क्वारेन्टाईन स्थापना गर्न र नमुना परिक्षणकालागि भरपर्दो विकल्प खोज्न पनि मुख्यमन्त्री पोखरेलले निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री पाखरेलले बिहीबार नै प्रदेश पाँचः प्रदेश सभामा बिशेष सम्बोधन गर्दै कोरोनाको संक्रमणबाट बँच्नकालागि सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ । उहाँले कारोनाका किटाण नेपाल आउन नदिनकालागि सरकारले जारी गरेका स्वास्थ्य सम्बन्धि निर्देशनहरुलाई अनिवार्य पालना गर्न र आपसमा हात नमिलाउन, सभा समारोह तथा भिडभाडमा नजान तथा सरसफाईमा बिशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।

≪ Previous Post

नेपालमै पहिलो शुन्य पोलिथिन र पुर्ण सरसफाई युक्त तिलोत्तमा नगरपालिका घोषित

Next Post ≫

नापी अधिकृतसहित ५ जना १७ लाख घुससहित पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क