Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लैंगिकता र दीगो विकासमा खोजमूलक पत्रकारिता आवश्यक: मन्त्री पौडेल
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लैंगिकता र दीगो विकासमा खोजमूलक पत्रकारिता आवश्यक: मन्त्री पौडेल

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७६ · 0
लैंगिकता र दीगो विकासमा खोजमूलक पत्रकारिता आवश्यक: मन्त्री पौडेल
90
SHARES
ShareTweet


बुटवल २१ फागुन
समाज परिवर्तन तथा देशको दीर्घकालिन विकासका लागि दीगो विकासमा आधारित पत्रकारिता आवश्यक रहेको सरोकारवालाले बताएका छन् । त्यसका लागि लैंगिकता र सामाजिक समावेशीकरणका मुद्धालाई अर्थ, राजनीति, कृषि र सहकारीसंग जोड्न उनीहरुले आग्रह गरेका छन ।
युएनडिपी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा संचारिका समुह नेपाल प्रदेश ५ ले प्रदेशका पत्रकार महिलाका लागि दिगो विकाशको लक्ष्य प्राप्तिका लागि लैंगिक तथा सामाजिक समावेशीकरण खोजमूलक समाचार लेखन कार्यशालामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले लैंगिकता र दीगो विकासमा खोजमूलक पत्रकारिता आवश्यक रहेको बताउनुभयो । ‘ दीगो र भरपर्दो माध्ययमबाट आर्थिक र सामाजिक विकास गर्ने प्रदेश ५ सरकारको मुख्य लक्ष्य छ,’ उहाले भन्नुभयो , ‘त्यसका लागि विकासमा लक्षीत वर्गको पहुच र निर्णयबाट सामाजिक र मानवीय विकासमा परिवर्तन ल्याउन काम थालेका छौं ।’ गल्ती अँैल्याउनेमात्रै होइन समाधानको उपाय दिने पत्रकारिता आवश्यक बताउदै मन्त्री पौडेलले त्यसकालागि सीप र क्षमता विकास गर्न आग्रह गर्नुभयो । ‘भौतिक र सामाजिक विकास स“गस“गै गर्नुपर्ने भएकाले लैंगिक र सामाजिक समावेशीकरण मात्र होइन दिगो विकास आभेलमा परेकोे हुनसक्छ।’ उहाले भन्नुभयो, ‘त्यसमा सचेत बनाउने काम खोजमूलक पत्रकारिताले गर्नसक्छ ।’
युएनडिपीका प्रदेश संयोजक सुदीप अर्यालले दिगो विकासका लक्ष्यलाई स्थानीकीकरण र नागरिकका आवश्यकतासंग जोडेर संचार वकालत गर्नुपर्ने बताउनुभयो । दिगो विकासका १७ वटा लक्ष्य एवं आर्थिक, सामाजिक, वातावरणीय, शासकीय र नैतिक आयामबारे पत्रकारहरुपनि जानकार हुने हो भने थुप्रै समाचार उठान गर्न सकिने उहाले बताउनुभयो । ‘लैंगिकता तथा सामाजिक समावेशीकरणका विषय उठानले पनि दिगो विकासका धेरै उद्धेश्य छुन सक्ने भन्दै यसमा तथ्य तथ्यांक र अवस्था विश्लेषण आवश्यक रहेको उहाले बताउनुभयो ।
अग्रज पत्रकार तथा गोरखापत्रका सल्लाहकार सम्पादक गोपाल खनालले लैंगिकता र सामाजिक मुद्धालाई अर्थ, विकास र राजनीतिसित जोड्नुपर्ने बताउनुभयो । यसले ओझेलमा परेका विषयलाई मूलधारमा ल्याउन र नीतिनिर्माणकर्तालाई झकझकाउन सकिने बताउनुभयो । ‘सत्यता, निश्पक्षता र राष्ट्रिय हीतलाई ध्यान दिऔं,’ उहाले भन्नुभयो, ‘यसले पत्रकारितालाई अब्बल र जवाफदेही बनाउने छ ।’
पत्रकार महासंघ प्रदेश उपाध्यक्ष भरत केसीले पत्रकार महिलाले समाचारमा विविधता खोज्नुपर्ने बताउनुभयो । उहाले महिलाले महिला वा सामाजिक विषय मात्र खोज्नुभन्दा आर्थिक, राजनीतिक विषयमा पनि खोजी समाचार लेख्न आग्रह गर्नुभयो ।
संचारिका समूह नेपालका प्रदेश महासचिव अमृता अनमोलले प्रदेशको लैंगिक तथा सामाजिक अवस्थाबारेको विवरण प्रस्तुत गर्नुभयो । कार्यक्रममा संचारिका समूह प्रदेश सल्लाहकार नारायणी रजौरे, प्रेस युनियन रुपनदेही अध्यक्ष रेखा भुसाल, रेडियो मुक्तिकी स्टेशन म्यानेजर कल्पना तिवारी, भैरहवा मिडिया प्रालिका संझना शर्मा, लुम्बिनी टेलीभिजनकी भगवती पाण्डे, रेडियो मदनपोखरा गीता ज्ञवाली लगायतले सामाजिक समावेशीकरणमा पत्रकारिताका विषय र आफूले गरेका प्रयोगबारे बताउनुभएको थियो । तालिममा १२ जिल्लाका ४० पत्रकार महिला सहभागी छन् । तालिम बिहीबारसम्म चल्ने छ ।

≪ Previous Post

विहिवारदेखि शहिद यादवनाथ आलोकको स्मृतिमा फूटसल प्रतियोगिता

Next Post ≫

सहिद आलोकको स्मृतिमा गर्न लागिएको फुटसल स्थगित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क