Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ विहिवारदेखि शहिद यादवनाथ आलोकको स्मृतिमा फूटसल प्रतियोगिता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विहिवारदेखि शहिद यादवनाथ आलोकको स्मृतिमा फूटसल प्रतियोगिता

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७६ · 0
विहिवारदेखि शहिद यादवनाथ आलोकको स्मृतिमा फूटसल प्रतियोगिता
70
SHARES
ShareTweet


बुटवल, २१ फागुन
रुपन्देहीको तिलोत्तमामा शहिद यावदनाथ आलोकको स्मृतिमा फूटसल प्रतियोगिता हुँदैछ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा जीवन आहुती दिने आलोकको स्मृतीमा बिहिबारदेखि हुने प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल तिलोत्तमा नगर समितिको आयोजनामा गरिएको प्रतियोगितामा तिलोत्तमा नगरपालिका भित्रका १७ वडाका १७ टिम, तिलोत्तमा नगर समिति, बुटवल नगर समिति, क्षेत्रीय समिति र जिल्ला समिति गरि २१ टिमले प्रतिस्पर्धा गर्ने नेपाल तरुण दल तिलोत्तमा नगर समितिका अध्यक्ष खिम क्षेत्रीले जानकारी दिनुभयो । शहिदको सम्मान पनि हुने र युवाहरुलाई खेलकुदका माध्यमबाट सत्मार्गमा हिडाउनकालागि पनि प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनु भयो ।
तिलोत्तमा नगरपालिका वडा नं. ९ मंगलापुर स्थित फ्रेन्डस विस्ट्रो स्पोट्समा यहि फागुनको २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेतालाई ३० हजार रुपैंयाँ र उपविजेतालाई १५ हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड र प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट किप्पर, उत्कृष्ट हाईस्कोर र उत्कृष्ट खेल प्रदर्शन गर्ने तीन जनालाई जनही २ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने प्रतियोगिताका संयोजक खर्जुन क्षेत्रीले जानकारी गराउनु भयो ।
प्रतियोगिताको बारेमा जानकारी गराउनकालागि बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा त्यसबाहेक आयोजक र पत्रकारकाबिचमा मैत्रीपूर्ण फूटसल खेल हुने नेपाल तरुण दल तिलोत्तमा नगर समितिका सचिव होम पौडेलले जानकारी गराउनु भयो । प्रतियोगिता सम्पन्न गर्नकालागि २ लाख ६० हजार रुपैंया लागत अनुमान गरिएको र प्रथम पुरस्कार तरुण नेता कुमार दुवेले प्रदान गर्नुभएको अध्यक्ष क्षेत्रीले बताउनु भयो ।

≪ Previous Post

बुटवलमा घरेलु साना तथा औद्योगिक महोत्सव शुरु

Next Post ≫

लैंगिकता र दीगो विकासमा खोजमूलक पत्रकारिता आवश्यक: मन्त्री पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क