Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाका १० वटा वडा शुन्य पोलिथिन घोषणा
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाका १० वटा वडा शुन्य पोलिथिन घोषणा

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७६ · 0
तिलोत्तमाका १० वटा वडा शुन्य पोलिथिन घोषणा
70
SHARES
ShareTweet

१७ नं. वडा सिमसारबाट शुन्य पोलिथिन घोषणा



तिलोत्तमा, २१ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शुन्य पोलिथिन अभियान अन्तर्गत अहिले सम्म १० वटा वडा शुन्य पोलिथिन क्षेत्र घोषणा भएका छन् । नगरपालिकाका १७ वटै वडालाई शुन्य पोलिथिन क्षेत्र घोषणा गर्ने अभियान अन्तर्गत हालसम्म १० वटा वडालाई शुन्य पोलिथिन वडा घोषणा गरिएको हो ।
अभियान अन्तर्गत पछिल्लो पटक नगरपालिकाको वडा नंं. १७ लाई शुन्य पोलिथिन क्षेत्र घोषणा गरिएको छ । नगरपालिकालाई शुन्य पोलिथिन र पूर्णसरसफाईयुक्त नगर बनाउने अभियान अन्तर्गत मंगलबार १७ नं. वडाको सिमसारमा विशेष कार्यक्रम आयोजना गरी वडालाई शुन्य पोलिथिन वडा घोषणा गरिएको हो ।


शुन्य पोलिथिन अभियानको मुख्य उद्देश्य जल, जंगल र जमिन जोगाउने भएकोले त्यसैको सांकेतिक रुपमा पकडीहवाको सिमसार खेतमा घोषणा कार्यक्रम आयोजना गरिएको शुन्य पोलिथिन अभियानका अभियन्ता निपेश ढाकाले बताउनुभयो ।
घोषणा कार्यक्रममा वडाभित्रका टोल विकास संस्था, विद्यालय, क्लव, आमा समूहका अध्यक्ष तथा वडाध्यक्ष दानबहादुर चौधरीलगायतका जनप्रतिनिधिहरुले प्लेकार्ड प्रदर्शन गर्दै घोषणालाई व्यवहारमा कार्यान्वयन गर्ने सामूहिक संकल्प गरेर वडालाई शुन्य पोलिथिन क्षेत्र घोषणा गरिएको हो ।


सो अवसरमा नगर प्रमुख बासुदेव घिमिरेले शुन्य पोलिथिन अभियान टोल, बस्ती, नगर सफा राख्ने मात्र नभई जल, जमिन र जंगल जोगाउने अभियान पनि भएको बताउनुभयो । अभियान अन्तर्गत् कयौं वर्षदेखि जमिनमा रहेको पोलिथिनलगायत नकुहिने फोहोर उठाइएको बताउँदै उहाँले यो अभियानलाई निरन्तरता दिन नगरबासीलाई आग्रह गर्नुभयो ।
उपप्रमुख जागेश्वरी चौधरीले वातावरण संरक्षण र माटोको उर्बराशक्ति जोगाउन नगरपालिकाले समुदायमा आधारित यो अभियान चलाएको बताउनुभयो । उहाँले हरेक व्यक्तिले आफूले गरेको फोहोर आफैं व्यवस्थान गर्नुपर्नेमा जोड दिँदै जथाभावी फोहोर फाल्नेलाई प्रचलित कानुनअनुसार कारवाही गरिने स्पष्ट पार्नुभयो ।
वडाध्यक्ष दानबहादुर चौधरीले शुन्य पोलिथिन वडा घोषणामा टोल विकास संस्था, क्लव, आमा समूह, विद्यालयलगायत सबैको यथेष्ट सहयोग मिलेको बताउँदै यसको सफल कार्यान्वयनमा पनि सबैको साथ चाहिने बताउनुभयो ।
नगर प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा भएको कार्यक्रममा वडाबासीहरुले खुशीयाली मनाउँदै बाजागाजाका साथ नाचगान गरेका थिए । यसअघि तिलोत्तमाका वडा नंं. १, २, ४, ५, ६, ७, ८, ९, १६ वडा शुन्य पोलिथिन क्षेत्र घोषित भैसकेका छन् ।

≪ Previous Post

भवन निर्माणमा कु ?तत्वको षडयन्त्र

Next Post ≫

तिलोत्तमा नगरपालिकाको अभियान खरको छानोमुक्त नगर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क