Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलको मुटु अस्पतालमा भेन्टिलेटर सहितको एम्बुलेन्स संचालन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको मुटु अस्पतालमा भेन्टिलेटर सहितको एम्बुलेन्स संचालन

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०७६ · 0
बुटवलको मुटु अस्पतालमा भेन्टिलेटर सहितको एम्बुलेन्स संचालन
70
SHARES
ShareTweet

बुटवल फागुन
बुटवलमा पहिलो पटक आईसियु र भेन्टिलेटर सहितको एम्बुलेन्स संचालन गरिएको छ ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले रोटरी क्लव अफ सेन्ट्रल बुटवलको आर्थिक सहयोगमा संचालनमा ल्याएको उक्त एम्बुलेन्सको प्रदेश ५ सरकारका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले शुभारम्भ गर्नु भएको हो ।
एम्बुलेन्सको सेवा शुभारम्भ गर्दै मन्त्री बरालले धनी र सिमित व्यक्तिहरुको मात्र पहुंचमा रहेको विशेषज्ञ स्वास्थ्य सेवालाई आम सर्वसाधारणको पहुंचमा पु¥याउन राज्यसंगै सामाजिक संघसंस्थाहरुको सहयोग र सहकार्य आवश्यक रहेको बताउनु भयो ।
मन्त्री बरालले मुटु अस्पतालले शुरु गरेको आईसियू र भेन्टिलेटर सहितको एम्बुलेन्स महंगो र खर्चिलो हुने भन्दै यस्ता सेवालाई दिगो बनाउन प्रदेश सरकारको तर्फबाट पनि सहयोग हुने बताउनु भयो ।
सरकारी संगै सामुदायिक स्वास्थ्य संस्थाहरुलाई दिगो र बलियो बनाउंदै नागरिकलाई सहज सेवा पु¥याउने काममा प्रदेश सरकार लागेको समेत उहाँले बताउनु भयो ।
सरकारी अस्पतालहरुमा एम्बुलेन्स संचालको लागि गतवर्ष २ करोड ८६ लाख रुपैया विनियोजन गरिएकोमा ९३ लाख रुपैयामात्र खर्च भएको उहाँले बताउनु भयो ।
अस्पतालका अध्यक्ष एजाज आलमले मुटुका जटिल समस्याका विरामीलाई बाहिर पठाउनु परे कि त हेलिकप्टर मगाउनु पर्ने नभए सामान्य एम्बुलेन्समै पठाउनुपर्दा विरामीको स्वास्थ्य नै जोखिममा पर्ने भएकोले अस्पतालले यसप्रकारको एम्बुलेन्स संचालनमा ल्याएको बताउनु भयो ।
एम्बुलेन्समा भेन्टिलेटर, मनिटर, सक्सन मेशिन, सिरिन्ज पम्प, ईन्फ्यूजन पम्प लगायत मुटुका गम्भिर अवस्थाका विरामीको उपचारमा आवश्यक उपकरण जडान गरिएका छन् ।
अस्पतालका निर्देशक डा. समिर गौतमले यो क्षेत्रमा हालसम्म भेन्टिलेटर र आईसियू सहितको एम्बुलेन्स नभएको अवस्थामा संचालनमा आएको यो एम्बुलेन्सले मुटुका गम्भिर अवस्थाका विरामीलाई सघाउ पुग्ने बताउनु भयो ।
यो एम्वुलेन्समा सेवा लिएर काठमाण्डौ गए बापत भेन्टिलेटर प्रयोग गर्दा ४० हजार र भेन्टिलेटर प्रयोग नगरी लैजादा २५ हजार रुपैया भाडा कायम गरिएको अस्पतालले जनाएको छ ।
भेन्टिलेटर प्रयोग गर्ने बिरामीसंग चिकित्सक साथमा रहने छन् भने भेन्टिलेटर प्रयोग गर्नु नपर्ने बिरामीको साथमा हेल्थ असिस्टेन्ट रहनेछन् ।

≪ Previous Post

तिलोत्तमा नगरपालिका कोरोना जोखिम रोक्ने पूर्वतयारीमा

Next Post ≫

हरियाली सहकारीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क