बुटवल, फागुन । यसक्षेत्रको पुरानो सहकारी मध्ये एक हरियाली बहुउद्देस्सिय सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना २३ औं दिवशका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिसं २०५३ सालमा स्थापित हरियाली सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको संस्थाका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक प्रदिपमान सिमांगैडाले बताए ।
सहकारीका अध्यक्ष सिद्धार्थ कुमार उदयको सभापतित्वमा सम्पन्न सो रक्तदान कार्यक्रममा उपाध्यक्ष बेधानिधी रिजाल, सचिव राजु भारी, ऋण समिति संयोजक देवेन्द्र श्रेष्ठ, सल्लाहकार योगप्रसाद श्रेष्ठ लगाएतले सहकारीले आफ्ना सदस्यहरुको उन्नतीका लागि आर्थिक कारोबारका साथै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए ।
