Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा नगरपालिका कोरोना जोखिम रोक्ने पूर्वतयारीमा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा नगरपालिका कोरोना जोखिम रोक्ने पूर्वतयारीमा

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०७६ · 0
तिलोत्तमा नगरपालिका कोरोना जोखिम रोक्ने पूर्वतयारीमा
60
SHARES
ShareTweet


तिलोत्तमा, १९ फागुन । संघीय र प्रदेश सरकार कोरोना भाइरसको जोखिम रोक्ने पूर्वतयारीमा जुटिरहेका बेला तिलोत्तमा नगरपालिकालु पनि जोखिम रोक्न पूर्वतयारीका काम अघि बढाएको छ । नगरपालिकाले कोरोना भाइरसको जोखिम रोक्ने पूर्वतयारीको सन्दर्भमा सोमबार चिकित्सक र स्वास्थ्यकर्मीहरुसँग छलफल गरेको छ ।
पूर्वतयारीका कामलाई व्यवस्थित बनाउन नगरपालिकाले क्रिमसन अस्पताल र नगरभित्रका सरकारी स्वास्थ्य संस्थाका इञ्चार्जहरुसँग अन्तरक्रियात्मक बैठक गरेको हो । बैठकले क्रिमसन अस्पतालमा कार्यरत फिजिसियन डा. कृष्णचन्द्र गोदारको संयोजकत्वमा स्वास्थ्यकर्मीहरु सम्मिलित पूर्वतयारी समन्वय समिति गठन गरेको छ ।
समितिले कोरोनाबाट बच्ने उपायका सन्दर्भमा जनचेतना अभिवृद्धि, नियन्त्रणका उपाय अवलम्बन र कोही संक्रमित भएमा गरिने उपचारको बारेमा संघीय र प्रदेश सरकारसँग समन्वय गर्नेलगायतका काम गर्नेछ ।
बैठकले आमसञ्चार माध्यम, सामाजिक सञ्जाल, जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका, विद्यालय, टोल विकास संस्थामार्फत् कोरोना नियन्त्रणका उपायको बारेमा सबैलाई जानकारी गराउने, स्वास्थ्य संस्थामा आवश्यक सर्जिकल तथा मेडिकल उपकरण, औषधिको व्यवस्था मिलाउनेलगायतका निर्णय समेत गरेको छ ।
बैठकमा फिजिसियन डा. गोदारले कोरोना संक्रामक रोग भएको र यसले सबैभन्दा बढी फोक्सोमा असर पुर्याउने बताउनुभयो । उहाँले यसका लक्षणहरु अन्य भाइरल संक्रामक रोगसँग मिल्दोजुल्दो हुने बताउँदै लक्षणको आधारमा बिरामीको उपचार हुने गरेको जानकारी दिनुभयो ।
तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले नगरपालिका कोरोना जोखिम रोक्न सबैसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा सेमराबजार स्वास्थ्य चौकीका डा. विनोद बढई, स्वास्थ्य शाखा प्रमुख मोतिप्रसाद पौडेल, सिनियर अहेव अधिकृतद्धय गणेश गौतम, ईश्वरी पौडेल, प्रेस सल्लाहकार बीपी गौतम, क्रिमसन अस्पतालका प्रशासकीय अधिकृत मनमोहन भट्टराई, नर्सिङ्ग सुपरभाइजर अम्बिका ज्ञवालीलगायतले कोरोनाको जोखिम नियन्त्रणका लागि सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
डव्लुएचओले दक्षिण एसियाका भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेसँगै तीनै तहका स्थानीय सरकारले यसको रोकथामका लागि पूर्वतयारी अपनाएका छन् ।

≪ Previous Post

ईन्द्रेणी सहकारीले रजत वर्ष मनाउदै

Next Post ≫

बुटवलको मुटु अस्पतालमा भेन्टिलेटर सहितको एम्बुलेन्स संचालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क