Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ईन्द्रेणी सहकारीले रजत वर्ष मनाउदै
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ईन्द्रेणी सहकारीले रजत वर्ष मनाउदै

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०७६ · 0
ईन्द्रेणी सहकारीले रजत वर्ष मनाउदै
50
SHARES
ShareTweet


बुटवल, १९ फागुन । बुटवल–८ सुख्खानगर धर्र्मपथमा रहेको ईन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको २५ वर्ष विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउने भएको छ । संस्था स्थापना भएको चैत ८ गतेलाई सहकारीले आफ्नो स्थापना दिवसका रुपमा मनाउन लागेको हो । संस्थाले स्थापना दिवसमा सामाजिक उत्तरदायित्व बहन गर्ने रक्तदान कार्यक्रम, असक्त असहाय, अपाङ्ग, दृष्टिबिहीन लगायतलाई सहयोग, विभिन्न प्रतियोगितात्मक कार्यक्रम लगायत गरेर स्थापना दिवस मनाउने तयारी गरेको छ ।
संस्थाका अध्यक्ष धुर्व धितालको अध्यक्षतामा भएको संयुक्त बैंठकले २५औं स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर रजत वर्षका रुपमा मनाउने निर्णय गरेको हो । यस्तै बैंठकले संस्थालाई सहकारी ऐन २०७४÷७५ अनुसार सहकारीलाई बहुृद्देश्यीय क्षेत्रमा सक्रिय बनाउने निर्णय पनि गरेको छ । संस्थाले बचतलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नका लागि सम्भाब्यता अध्ययनन गर्ने र कृषि तथा कृषिजन्य क्षेत्रमा लगानी गर्ने निर्णय गरेको अध्यक्ष धितालले जानकारी दिनुभयो । उहाँले पेट्रोल पम्प, चार्जिङ्ग स्टेशन, नर्सरि, कागती, अखरुड लगायतको खेति गर्नका लागि विभिन्न क्षेत्रको अध्ययन तथा अवलोकन गरेको जानकारी दिनुभयो ।
संस्थाका उपाध्यक्ष कृष्णप्रसाद अर्यालको स्वागतमा भएको कार्यक्रममा संस्थाका संरक्षक बाबुराम राना, भुपालकुमार श्रेष्ठ, पुर्व अध्यक्ष शिवलाल राना, निर्वतमान अध्यक्ष मित्रबहादुर शाक्य, मुल्याङ्कन समितिका संयोजक उदयराज भण्डारी, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक मोहनप्रसाद भण्डारी, कानुनी सल्लाहकार जीवनारायण अधिकारी, गणेशप्रसाद अधिकारी, नेत्रलाल अर्याल लगायतले संस्थालाई बचतमा मात्र केन्द्रीत नगरेर उत्पादनमुलक क्षेत्रमा लगाउनु पर्ने सुझाव दिनुभयो । संस्थाका सचिव माया गौतमको संचालनमा भएको कार्यक्रममा कोषाध्यक्ष नरबहादुर श्रीसले संस्थाको पुस मसान्त सम्मको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै यस अवधिमा संस्थाको आम्दानी २९ करोड ८९ लाख, २२ लाख ७५ हजार खर्च भएको र त्यस अवधिमा ७१ लाख ३५ हजार संस्थाले नाफा गरेको जानकारी दिनुभयो ।

≪ Previous Post

घरेलु तथा कृषि प्रविधि महोत्सवमा महिला उद्यमीलाई स्टल निशुल्क

Next Post ≫

तिलोत्तमा नगरपालिका कोरोना जोखिम रोक्ने पूर्वतयारीमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क