Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ साझा पार्टीको: संघीयता र धर्म निरपेक्षता जनमतसंग्रह मुल एजेन्डा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

साझा पार्टीको: संघीयता र धर्म निरपेक्षता जनमतसंग्रह मुल एजेन्डा

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७६ · 0
साझा पार्टीको: संघीयता र धर्म निरपेक्षता जनमतसंग्रह मुल एजेन्डा
90
SHARES
ShareTweet


बुटवल फागुन
साझा पार्टीले धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रह गर्नु पर्ने निर्णय गरेको छ । नेपालमा धर्मनिरपेक्षता र संघियता विवादित बन्दै गएकाले यी विषयमा साझा पार्टीले जनमत संग्रहको पक्षमा उभिने बताएको हो ।
लुम्बिनीमा तीन दिनसम्म भएको सो पार्टीको राष्ट्रिय भेलापछि जारी लुम्बिनी घोषणापत्रलाई शनिवार बुटवलमा सार्वजनिक गर्दै केन्द्रिय संयोजक रविन्द्र मिश्रले आवधिक निर्वाचनले दिने निर्णयभन्दा जनमत संग्रहको निर्णय शक्तिशाली र परिवर्तनकारी मानिन बताउनु भयो ।
भएकोले देशको दुरगामी भविस्यमा असर पार्ने विषयमा जनमत संग्रह गर्नु उपयुक्त हुने बताउनु भयो ।
धर्मनिरपेक्षता र संघियताबारे जनमत संग्रहमा जानुपर्ने बताउनु भएका मिश्रले आफ्नो पार्र्टीसंग विचार मिल्ने व्यक्ति, समुह र राजनितिक शक्तिहरुलाई सहकार्य र एकताका लागि आव्हान गर्ने बताउनु भयो ।
धर्मनिरपेक्षताको माग गर्दै हिंडेको राप्रपा र संघियताको विपक्षमा उभिएको राष्ट्रिय जनमोर्चासंग तपाईहरुको एकता हुनसक्छ भन्ने पत्रकारहरुको प्रश्नमा संयोजक मिश्रले सुसंस्कृत राजनिति गर्ने, भ्रष्टाचारविरुद्धमा उभिने र आफहरुसंग समान सोंच र विचार राख्ने व्यक्ति समुह र राजनितिक शक्तिसंग एकता र सहकार्य हुनसक्ने बताउनु भयो ।
त्यस्तै देशमा बढिरहेको भ्रष्टाचारलाई निर्मुल पार्न २०४६ सालपछि राजनैतिक र प्रशासनिक क्षेत्रको उच्च ओहोदामा बसेका व्यक्तिहरुको सम्पत्ति छानविन गरी गलत प्रकृयाबाट आर्जन गरेको सम्पत्तिलाई राष्ट्रियकरण गर्न भ्रष्टाचार विरोधी अभियानलाई देशव्यापी बनाउने उहांले बताउनु भयो ।
यसैबीच संयोजक मिश्रले संचार तथा सुचना प्रविधि मन्त्री गोकल बास्कोटाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली न्यायाधीश बनेको बताउनुभयो । घुस रकम मागेको आरोप लागेपछि मन्त्रीबाट राजिनामा दिएको व्यक्तिको पक्षमा देशको प्रधानमन्त्री जस्तो व्यक्तिले वकालत गर्नु अशोभनीय भएको उहांले बताउनु भयो ।
साझा पार्टीको राष्ट्रिय भेलाले २०७८ जेटमा पार्टीको महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । पार्टी केन्द्रीय समितिको पुनर्संरचना गर्ने र २०७८ जेठ १५, १६ र १७ गते पार्टीको महाधिवेशन गर्ने लुम्बिनी घोषणा पत्रमा उल्लेख छ ।
साझा पार्टीको राष्ट्रिय भेलाले कुनै पार्टीमा आबद्ध नभएका तथा आवद्ध भएर पनि विकल्पको खोजीमा रहेका व्यक्ति, समूह र पार्टीहरूसँग संवाद अघि बढाइने निर्णय गर्दै सहकार्य र एकताका लागि समेत आहृवान गरेको छ ।

≪ Previous Post

रुपन्देहीको तिलोत्तमा नेपालमै पहिलो र आधुनिक सडकमा सार्वजनिक शौचालय

Next Post ≫

महिला उद्यमीको औद्योगिक महोत्सव सफल पार्ने प्रतिवद्धता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क