Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीको तिलोत्तमा नेपालमै पहिलो र आधुनिक सडकमा सार्वजनिक शौचालय
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको तिलोत्तमा नेपालमै पहिलो र आधुनिक सडकमा सार्वजनिक शौचालय

संसारपोस्ट संवाददाता · १७ फाल्गुन २०७६ · 0
रुपन्देहीको तिलोत्तमा नेपालमै पहिलो र आधुनिक सडकमा सार्वजनिक शौचालय
90
SHARES
ShareTweet

शुरुमै व्याक्टेरिया राखिने हुदाँ उठाएर फाल्न नपर्ने


बुटवल १७ फागुन
रुपन्देहीको तिलोत्तमानगर स्थित शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले नेपालमै पहिलो तथा आधुनिक छलेन सडकमा सार्वजनिक शौचालय बनाएको छ ।
सरकारले संचालन गरेको खुल्ला दिशामुक्त मुलुक वनाउने अभियानलाई टेवा पुराउने र सडक यात्रीको हितलाई ध्यान दिएर खानेपानी संस्थाले सडकको दुवै साईडका सर्भिस लेनमा शौचालय बनाएको हो ।
शौचालय निर्माण संगै अव सो क्षेत्रमा आवत जावत गर्नेहरुलाई दिशा पिसाव लागेरमा सहज रुपमा व्यवस्थापन गर्न मिल्ने भएको छ ।
बुटवल–भैरहवा सडक अन्तर्गत तिलोत्तमानगरपालिकाको योगिकुटीदेखि डाइभरटोलसम्मको सडक किनारमा १० वटा योगिकुटी हाटवजार, डाइभरटोल हाटवजार र तिनाउ नदीको मगरघाट स्थित सवदाह स्थिलमा एक एक गरि १३ वटा आधुनिक तथा सुविधा सम्पन्न शौचालय बनाएको हो । छलेन सडकको दुवैतर्फको सर्भिसलेनमा आधुनिक प्रविधिका शौचालय निर्माण गरिएको छ ।
खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले १ करोड १६ लाख लगानीमा सर्भिसलेनमा राखिएका सिंगल सिटका र हाट वजार र मगरघाटमा राखिएका डबल सिटका शौचालय रहेका छन ।
भारतीय कम्पनी इलिफो बायोटेक प्रालिबाट उत्पादित बायो प्रविधिको शौचालय खानेपानी संस्थाले खरिद गरेको हो । बायोटेक प्रविधी अपनाईएकोले शौचालयमा शुरुमै व्याक्टेरिया राखिने हुनाले सोही व्याक्टेरियाले दिशा पिसाव खाने हुनाले उठाएर फयाक्न नपर्ने प्रविधी हो । ४० दिन सम्म उक्त व्याक्टेरिया एक पटक गरेको दिशा पिशावले वाच्ने हुनाले नियमित संचालन हुने शौचालयमा शुरुमा राखेको व्याटेरिया अनत्त समयसम्म पुग्ने प्रविधी हो । साविक शंकरनगर गाविसलाई २०६७ माघ १५ गते खुल्ला दिशामुक्त घोषणा गरिएको थियो ।
खुल्ला दिशामुक्त घोषणा कार्यक्रम र ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमाको कार्यक्रमलाई समेत सफल बनाउने गरी सार्वजनिक शौचालयहरु राखिएको शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष हरि तिवारीले बताउनु भयो ।
व्याक्टोरिया प्रयोग गरिने बायो शौचालयहरु नेपालमै पहिलो पटक तिलोत्तममा प्रयोग गरिएको अध्यक्ष तिवारीले बताउनु भयो ।
२४ सै घण्टा खुल्ला रहने शौचालयहरु निःशुल्क रुपमा प्रयोग गर्न सकिने र पानी, विद्युत, पंखा र सरसफाईको पूर्ण व्यवस्था हुने छ । शौचालयहरुमा प्रयोगका लागि सावुन, टावेलकोसमेत व्यवस्था गरिएको शौचालयहरु यही फागुनको अन्तिमबाट प्रयोगमा ल्याउने गरी निर्माणको काम भैरहेको छ ।
सडक यात्रीलाई मध्येनजर गरी निर्माण गरिएका शौचालयहरु हरेक दिन तीन पटकसम्म सरसफाई गर्नका लागि शंकरनगर खानेपानी संस्थाले एक जना कर्मचारीको व्यवस्था पनि गरिसकेको छ ।
शौचालयहरुका लागि आवश्यक पर्ने विद्युतको लागि विद्युत प्राधिकरणसंग खानेपानी संस्थाले सहमति गरिसकेको छ ।
शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले अहिले ६ हजार २ सय ६३ घरधुरीमा पानी वितरण गर्दै आएको छ ।
जाडो समयमा प्रतिदिन ८० लाख लिटर र गर्मी समयमा १ करोड १० लाख लिटर पानी वितरण गर्दै आएको छ ।
संस्थाले उपभोक्तालाई मासिक यस वर्षदेखि ८ हजार लिटरसम्म निःशुल्क पानी वितरण गरेको अध्यक्ष तिवारीले जानकारी गराउनु भयो । घरयासी प्रयोगका लागि ८ हजारसम्म वितरण भएको पानीको रिडिङ चार्जका लागि मात्र प्रतिघर २० रुपैयांमात्र महशुलको रुपमा घरधनीबाट संकलन गर्ने गरेको छ ।
यसरी पानी निशुल्क रुपमा वितरण गर्ने पनि नेपालमै पहिलो संस्थाका रुपमा परिचित भएको छ । खानेपानी संस्थाले आगामी वर्षदेखि १० हजारदेखि १२ हजार लिटर पानी निःशुल्क वितरण गर्ने योजना समेत वनाएको बनाएको छ ।
विसं २०४२ सालमा शुरु भएको संस्थाले २४ अ‍ै घण्टा पानी उपलब्ध गराउदै आएको छ ।
संस्थामा हाल २० जना कर्मचारीले रोजगारी पाएका छन

≪ Previous Post

सामाजिक सुरक्षा कोषमा १ लाख ५० हजारको सहभागिता ७१ करोडको संकलन

Next Post ≫

साझा पार्टीको: संघीयता र धर्म निरपेक्षता जनमतसंग्रह मुल एजेन्डा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क