शुरुमै व्याक्टेरिया राखिने हुदाँ उठाएर फाल्न नपर्ने
बुटवल १७ फागुन
रुपन्देहीको तिलोत्तमानगर स्थित शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले नेपालमै पहिलो तथा आधुनिक छलेन सडकमा सार्वजनिक शौचालय बनाएको छ ।
सरकारले संचालन गरेको खुल्ला दिशामुक्त मुलुक वनाउने अभियानलाई टेवा पुराउने र सडक यात्रीको हितलाई ध्यान दिएर खानेपानी संस्थाले सडकको दुवै साईडका सर्भिस लेनमा शौचालय बनाएको हो ।
शौचालय निर्माण संगै अव सो क्षेत्रमा आवत जावत गर्नेहरुलाई दिशा पिसाव लागेरमा सहज रुपमा व्यवस्थापन गर्न मिल्ने भएको छ ।
बुटवल–भैरहवा सडक अन्तर्गत तिलोत्तमानगरपालिकाको योगिकुटीदेखि डाइभरटोलसम्मको सडक किनारमा १० वटा योगिकुटी हाटवजार, डाइभरटोल हाटवजार र तिनाउ नदीको मगरघाट स्थित सवदाह स्थिलमा एक एक गरि १३ वटा आधुनिक तथा सुविधा सम्पन्न शौचालय बनाएको हो । छलेन सडकको दुवैतर्फको सर्भिसलेनमा आधुनिक प्रविधिका शौचालय निर्माण गरिएको छ ।
खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले १ करोड १६ लाख लगानीमा सर्भिसलेनमा राखिएका सिंगल सिटका र हाट वजार र मगरघाटमा राखिएका डबल सिटका शौचालय रहेका छन ।
भारतीय कम्पनी इलिफो बायोटेक प्रालिबाट उत्पादित बायो प्रविधिको शौचालय खानेपानी संस्थाले खरिद गरेको हो । बायोटेक प्रविधी अपनाईएकोले शौचालयमा शुरुमै व्याक्टेरिया राखिने हुनाले सोही व्याक्टेरियाले दिशा पिसाव खाने हुनाले उठाएर फयाक्न नपर्ने प्रविधी हो । ४० दिन सम्म उक्त व्याक्टेरिया एक पटक गरेको दिशा पिशावले वाच्ने हुनाले नियमित संचालन हुने शौचालयमा शुरुमा राखेको व्याटेरिया अनत्त समयसम्म पुग्ने प्रविधी हो । साविक शंकरनगर गाविसलाई २०६७ माघ १५ गते खुल्ला दिशामुक्त घोषणा गरिएको थियो ।
खुल्ला दिशामुक्त घोषणा कार्यक्रम र ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमाको कार्यक्रमलाई समेत सफल बनाउने गरी सार्वजनिक शौचालयहरु राखिएको शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष हरि तिवारीले बताउनु भयो ।
व्याक्टोरिया प्रयोग गरिने बायो शौचालयहरु नेपालमै पहिलो पटक तिलोत्तममा प्रयोग गरिएको अध्यक्ष तिवारीले बताउनु भयो ।
२४ सै घण्टा खुल्ला रहने शौचालयहरु निःशुल्क रुपमा प्रयोग गर्न सकिने र पानी, विद्युत, पंखा र सरसफाईको पूर्ण व्यवस्था हुने छ । शौचालयहरुमा प्रयोगका लागि सावुन, टावेलकोसमेत व्यवस्था गरिएको शौचालयहरु यही फागुनको अन्तिमबाट प्रयोगमा ल्याउने गरी निर्माणको काम भैरहेको छ ।
सडक यात्रीलाई मध्येनजर गरी निर्माण गरिएका शौचालयहरु हरेक दिन तीन पटकसम्म सरसफाई गर्नका लागि शंकरनगर खानेपानी संस्थाले एक जना कर्मचारीको व्यवस्था पनि गरिसकेको छ ।
शौचालयहरुका लागि आवश्यक पर्ने विद्युतको लागि विद्युत प्राधिकरणसंग खानेपानी संस्थाले सहमति गरिसकेको छ ।
शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले अहिले ६ हजार २ सय ६३ घरधुरीमा पानी वितरण गर्दै आएको छ ।
जाडो समयमा प्रतिदिन ८० लाख लिटर र गर्मी समयमा १ करोड १० लाख लिटर पानी वितरण गर्दै आएको छ ।
संस्थाले उपभोक्तालाई मासिक यस वर्षदेखि ८ हजार लिटरसम्म निःशुल्क पानी वितरण गरेको अध्यक्ष तिवारीले जानकारी गराउनु भयो । घरयासी प्रयोगका लागि ८ हजारसम्म वितरण भएको पानीको रिडिङ चार्जका लागि मात्र प्रतिघर २० रुपैयांमात्र महशुलको रुपमा घरधनीबाट संकलन गर्ने गरेको छ ।
यसरी पानी निशुल्क रुपमा वितरण गर्ने पनि नेपालमै पहिलो संस्थाका रुपमा परिचित भएको छ । खानेपानी संस्थाले आगामी वर्षदेखि १० हजारदेखि १२ हजार लिटर पानी निःशुल्क वितरण गर्ने योजना समेत वनाएको बनाएको छ ।
विसं २०४२ सालमा शुरु भएको संस्थाले २४ अै घण्टा पानी उपलब्ध गराउदै आएको छ ।
संस्थामा हाल २० जना कर्मचारीले रोजगारी पाएका छन
