बुटवल, १७ फागुन
बुटवलमा प्रदेश नंं. ५ का औद्योगिक सम्भावना र चुनौति तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना विषयमा अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल उद्योग परिसंघ (सि.एन.आइ, रुपन्देही उद्योग संघ र अन्तराष्ट्रिय श्रम संगठन आई.एल.ओ.को संयुक्त आयोजनामा कार्यक्रम एको हो ।
५ नं. प्रदेश अन्तर्गत रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाहरुबाट सहभागी उद्योगी व्यवसायी एवं विभिन्न श्रम संगठनका अग्रजहरुको सहभागितामा सम्पन्न कार्यक्रममा प्रदेशका औद्योगिक सम्भावना, उद्योगीले सामना गर्नु परेका चुनौती र वर्तमान औद्योगिक वस्तुस्थितिका बारेमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान बुटवलका कार्यालय प्रमुख मुकुन्द ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
त्यसैगरि सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले सामाजिक सुरक्षा योजना, सोका फाइदा र प्रभाव सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएका थियो ।
रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले सामाजिक सुरक्षा योजना प्रभावकारी र उपयोगी हुँदाहुँदै पनि सहभागिता सन्तोषजनक हुन नसकेको जनाउँदै प्रशिक्षण मूलक कार्यक्रमहरुलाई प्राथमिकता दिन आग्रह गर्नु भएको थियो ।
सामाजिक सुरक्षा योजना सहजीकरण समितिका सदस्य कमल गौतमले आप्mना अनुभव र योजनाको सकारात्मक पक्षहरुबारे धारणा राख्नु भएको थियो ।
प्रस्तुत कार्यपत्र उपर सहभागीहरुले उठान गर्नुभएका जिज्ञासा उपर कार्यकारी निर्देशक ज्ञवालीलले स्पष्ट पादै कोषमा हालसम्म १ लाख ५० हजारको सहभागिता र ७१ करोडको कोष जम्मा भएको समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा अध्यक्ष एवं सि.एन.आई. प्रदेश नं. ५ का संयोजक एजाज आलमले सामाजिक सुरक्षा योजनालाई हरेक क्षेत्र र तहमा ल्याईपु¥याउनु पर्ने बताउँदै योजना क्रमशः लागू गर्दै जान आग्रह गर्नु भएको थियो । कार्यक्रम सि.एन.आई.का निर्देशक हिमाल न्यौपानको संचालनमा सम्पन्न भएको थियो ।