रामकुमार श्रेष्ठ
नवलपरासी, १७ फागुन । पूर्वी नवलपरासीमा बिहिबारराति भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ ।
नवलपरासीको देवचुली नगरपालिका १३ कैलाश चोक नजिक बिहिबारराती ट्याक्टर र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक गैंडाकोट १५ निवासी २१ बर्षीय दिनेश गुरुङको निधन भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार लु ३ त ४८३३ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको ना ५५ प ३१६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गैडाकोट १५ निवासी २१ बर्षीय दिनेश गुरुङको निधन भएको हो ।
दुर्घटनामा परी चालक दिनेश गुरुङ र मोटरसाइकलमा सवार गैडाकोट १५ बस्ने १९ बर्षीय प्रितम गुरुङ गम्भिर घाइते भएकोमा चालक गुरुङको उपचारको क्रममा विहीबार राति पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।
अर्का घाइते प्रितम गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । ट्याक्टर, मोटरसाइकल र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।