बुटवल, १७ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ जानकीनगरमा आहाना कलेक्सन सचालनमा आएको छ । महिला तथा बालबालिकाहरुकालागि तयारी पोशाकहरुको पसल आहाना कलेक्सनको शुक्रबार एक कार्यक्रमका बिच सुभारम्भ गरिएको हो ।
तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधब)ले एक कार्यक्रमका बिच कलेक्सनको बिक्री शुभारम्भ गर्नु भयो । सो अबसरमा बोल्दै अध्यक्ष भण्डारीले चर्को कर, राज्यका बिभेदकारी र झन्झटिला नीतिले निजी क्षेत्र मर्कामा परेको बताउनु भयो । निजी क्षेत्रको विकास र बिस्तार बिना देशमा समृद्धि भित्रन नसक्ने भन्दै अध्यक्ष भण्डारीले निजी क्षेत्र मैत्री कर प्रणाली र नीति नियम बनाउनु पर्नेमा जोड दिनु भयो । बुटवल भैरहवा ६ लेन सडक सिद्धार्थ राजमार्गसंगै जोडिएको आहाना कलेक्सन युवा व्यवसायी ज्ञानेन्द्र कार्की र मुना कार्कीले संचालनमा ल्याउनु भएको हो ।
तिलोत्तमा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहनु भएका संचालक कार्कीले उपभोक्ताहरुलाइ आधा नेपालमै दक्ष कारिगढहरुले तयार गरेका र आधा छिमेकी मुलुकबाट आयात गरिएका गुणस्तरीय सामान सुफत मुल्यमा उपलब्ध गराउने बताउनु भयो ।
नेपाली उपभोक्ताहरु भारतीय बजार सुनौली नौतनवालगायतका शहर सम्म पुगेर सामान खरिद गर्दा करोडौ रुपैँया बिदेसिएको भन्दै सुनौली नौतनवा भन्दा सस्तो मुल्यमा डिजाइनदार र गुणस्तरीय पहिरन आहाना कलेक्सनमै उपलब्ध हुने कार्कीले जानकारी दिनुभयो ।

झण्डै ५ करोडको लगानीमा संचालनमा ल्याइएको कलेक्सनमा २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । महिला तथा बालबालिकाकालागि आवश्यक पर्ने आधुनिक र डिजाइनका पहिरनहरु बुटवल, भैरहवा तथा भारतीय बजार सुनौली नौतनवा भन्दा सूतो र सुफत मुल्यमा उपलब्ध गराइने संचालक मुना कार्कीले जानकारी दिनुभयो ।