Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ व्यापार संघमा जुत्ता चप्पल बस्तुगत उपसमिति पूनर्गठन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

व्यापार संघमा जुत्ता चप्पल बस्तुगत उपसमिति पूनर्गठन

संसारपोस्ट संवाददाता · १७ फाल्गुन २०७६ · 0
व्यापार संघमा जुत्ता चप्पल बस्तुगत उपसमिति पूनर्गठन
70
SHARES
ShareTweet


बुटवल, १७ फागुन । रुपन्देही व्यापार संघमा आवद्ध जुत्ता चप्पल ब्यवसायीहरुको भेला संघको सचिवालयमा सम्पन्न भएको छ । जुत्ता व्यवसायीहरुको बस्तुगत उपसमिति गठनका लागि भएको भेलाले पुरानो समिति पुनर्गठन गर्दै यादव गिरीको अध्यक्षतामा नयाँ जुत्ताचप्पल बस्तुगत उपसमिति गठन गरेको छ ।
समितिको सह–संयोजकमा राजु श्रेष्ठ, सचिवमा दिनेश ज्ञवाली, सह–सचिवमा केशव पौडेल र कोषाध्यक्ष उत्तम देवकोटा रहनु भएको छ । सदस्यहरुमा गोविन्द चापागाई, सुरेन्द्र आचार्य, विजय घिमिरे, पदम दाहाल, लक्ष्मण न्यौपाने र सूर्य लम्साल रहनु भएको छ ।
समितिको सल्लाहाकारमा गोपाल प्रसाद अधिकारी, ऋषिराम पोखरेल र यज्ञ प्रसाद उपाध्यायलाई राख्ने निर्णय गरिएको छ ।
भेलामा बोल्ने बक्ताहरुले व्यवसायिक एकताको बलमा मात्र आफ्ना हकहित संरक्षण हुने हुदा सबै व्यवसायी एकजुट हुनुपर्ने बताए । उनीहरुले व्यवसायका क्रममा विभिन्न प्रकारका समस्याहरु आउने हुदा त्यसबाट भागेर होइन समस्याको पहिचान गरि समाधान गर्नतर्फ लाग्न सुझाव दिएका दिए ।
भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष यमलाल लोहनीले संघका उपसमितिहरुले रुपन्देही व्यापार संघको पिल्लरको रुपमा जिम्मेवारी वहन गर्न अनुरोध गर्नु भयो । उहांले व्यवसायीहरुको समस्याको बारेमा उपसमितिले पहिचान गर्न पहल गर्ने र त्यसको समाधान गरेर व्यवसाय विस्तारमा व्यवसायीहरु सहयोगि बन्न आग्रह गर्नु भयो ।
संघका महासचिव दयानिधि भण्डारीले उपसमितिको सकृयता र क्रियाशिलताले संघको गतिविधि आम उपभोक्ता तथा व्यवसायीमा पुग्ने हुदा अघिल्लो कार्यकालमा भएका काम भन्दा अझ उत्कृष्ट काम गर्न सुझाव दिनु भयो ।
कार्यक्रममा संघका सहसचिव फर्सुराम पन्तले उपसमितिको काम र कर्तव्यका बारेमा जानकारी गराउदै रुपन्देही व्यापार संघमा आवद्ध जुत्ताचप्पल व्यवसायीहरुले सम्पूर्ण व्यवसायीहरुको नेतृत्व गर्न आग्रह गर्नु भयो ।
भेलाको अध्यक्षता संघका कार्यसमिति सदस्य तथा उपसमितिका संयोजक अर्जुन भट्टराईले गर्नु भएको थियो भने सञ्चालन सचिव राजु श्रेष्ठले गर्नु भएको थियो ।

≪ Previous Post

उद्योग संघमा अध्यक्षीय परिषद गठन

Next Post ≫

तिलोत्तमाको जानकीनगरमा आहाना कलेक्सन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क