Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ किसानको जिवनस्तर सुधारका लागि कृर्षिमा आधुनिकरण ,वजारिकरण र व्यवसायीकरण जरुरी: मुख्यमन्त्री पोखरेल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

किसानको जिवनस्तर सुधारका लागि कृर्षिमा आधुनिकरण ,वजारिकरण र व्यवसायीकरण जरुरी: मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · १५ फाल्गुन २०७६ · 0
किसानको  जिवनस्तर सुधारका लागि कृर्षिमा आधुनिकरण ,वजारिकरण र व्यवसायीकरण जरुरी: मुख्यमन्त्री पोखरेल
130
SHARES
ShareTweet

बुटवल १५ फागुन
प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि लुम्बिनीलाई मिनी ठमेलका रुपमा विकास गर्नुु पर्नेमा जोड दिनु भयो । उहाँले काठमाण्डौमा आउने पर्यटकको ठमेल र पोखरामा आउने पर्यटकको लेक साईडमा रोजाई भए जस्तै लुम्बिनीमा आउने पर्यटको लागि मिनी ठमेल जरुरी रहेको खुलासा गर्नु भयो ।
पर्यटकहरुको मुख्य आकर्षणको स्थल लुम्बिनीमा आउने पर्यटकहरुको रुची र चाहनालाई परिपूर्ति गर्ने गरि पुर्वाधार आवास खानपान लगायतका विषयमा ध्यान दिन जरुरी रहेको उहाँले औल्याउनु भयो ।
मुख्य मन्त्री पोखरेलले पर्यटक आउदैमा पर्यटनको विकास भएको मान्नु हुदैन जव सम्म त्यससका कारणले अर्थतन्त्र चलाएमान हुनु नसक्दा सम्म आर्थिक विकासमा पर्यटनको योगदान हुन सक्दैन ।
बुटवलवाट प्रकाशित दैनिक लुम्बिनीको ३२ औ वार्षिकोत्सव समारोहमा विहिवार वोल्दै मुख्य मन्त्री पोखरेलले वर्षमा १५ लाख पर्यटक लुम्बिनीमा आएको तथ्याकंले मात्र पर्यटनको विकास भएको मान्न सकिदैन त्यसको कारणले अर्थतन्त्रमा पारेको प्रभाववाट मात्र मुल्याकन गरिनु पर्नेमा जोड दिनु भयो । प्रदेश पाचको सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरि रहेको छ भन्दै उहाँले ७० प्रतिशत जनता कृषिमा संलग्न रहेकाले उनिहरुको जिवन स्तरमा सुधार नहुदासम्म मुलुकमा आर्थिक समृद्धि भएको मान्न नहुने जिकिर गर्नु भयो ।
जनताको जिवन स्तरमा सुधार गर्नका लागि कृर्षिमा आधुनिकरण ,वजारिकरण र व्यवसायीकरण जरुरी रहेको उहाँको भनाई रहेको छ ।
कृर्षिको विकास संगै कृर्षि, वन खनिजमा आधारित उद्योगलाई प्रदेश सरकारले दोस्रो प्राथमिकतामा र तेस्रोमा पर्यटनलाई राखेर सरकारले काम गरिरहेको समेत बताउनु भयो । उहाँले जनताको जिवन स्तरमा सुधार भएपछि धनी वनाउने व्यवसायका रुपमा पर्यटनलाई लिनु पर्नेमा जोड दिनु भयो ।
प्रदेशमा लगानीका हिसावले धेरै गर्न वाकी रहेकाले प्रदेश सरकारले लगानी भित्रयाउन आगामी वैशाक ४ र ५ गते लगानी सम्मेलन गर्ने गरि तयारी गरिरहेको पनि उहाँले बताउनु भयो ।
मिडिया प्रति लक्षीत गदै उहाँले जनताले निकाल्ने निस्कर्षलाई मिडियाले निकाल्न थालेकाले समस्या भएको हो भन्दै मुलुकमा राजनैतिक र वौद्धिक वर्गमा दिवालीपना मौलाउदै गएको धारणा राख्नु भयो ।
कार्यक्रममा दैनिक लुम्बिनीका पुर्व सम्पादकहरु कर्ण बहादुर कार्की, डीआर घिमिरे, विनोद पहाडी, स्व. पं वाबुराम भटृराई दीपक ज्ञवाली, शुरेस गुरागाई, चतुरभुज आत्रेय र राष्टिृय सभाका सदस्य गोपाल भटृराईलाई सम्मान गरिएको थियो ।
सिद्धार्थ मिडिया प्रालिका अध्यक्ष मोहन चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा राष्टिृय सभाका सदस्य गोपाल भटृराई, प्रदेश पाँचकी प्रदेश सदस्य रमा अर्याल, तिलोत्तमा नगरपालिकाकी उप प्रमुख जागेश्वरी चौधरी,वरिष्ठ पत्रकार अर्जुन ज्ञवाली , डीआर घिमिरे भरत केसी बैंक तथा वितिय क्षेत्रवाट शाईन रेशुगां बैंकका कार्यकारी प्रमुख प्रकाश पौडेल पत्रिकाका सम्पादक यानेद्र जिसी लगायतले मिडियाले अव विश्लेषणात्म पत्रकारितामा जोड दिन आग्रह गर्नु भएको थियो ।

≪ Previous Post

ओभर लोड नियन्त्रणका लागि अभियान संचालन गरेकै दिन ३६ भारतिय गाडी कारवाहीमा

Next Post ≫

कृषि क्षेत्रको ब्यवसायीकरणा लागि व्याजमा अनुदान र सुलभ कर्जा कार्यक्रम सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क