Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कृषि क्षेत्रको ब्यवसायीकरणा लागि व्याजमा अनुदान र सुलभ कर्जा कार्यक्रम सुरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कृषि क्षेत्रको ब्यवसायीकरणा लागि व्याजमा अनुदान र सुलभ कर्जा कार्यक्रम सुरु

संसारपोस्ट संवाददाता · १५ फाल्गुन २०७६ · 0
कृषि क्षेत्रको ब्यवसायीकरणा लागि व्याजमा अनुदान र सुलभ कर्जा कार्यक्रम सुरु
110
SHARES
ShareTweet


बुटवल १५ फागुन
प्रदेश ५ सरकारको कृषि भुमि ब्यवस्था र सहकारी मन्त्रालय तथा कृषि बिकास बंैकका बिच किसानलाई शुलभ कर्जा सहजिकरण तथा ब्याजमा अनुदान प्रदान गर्ने कार्यक्रमका लागि सम्झौतापत्रमा हस्ताक्षर गरो छन ।
सम्झौता संगै किसान तथा कृषिमा आधारित ब्यवसाय गर्ने ब्यवसायीलाई बैंकबाट प्राप्त गर्ने कर्जा र कर्जामा लाग्ने ब्याजलाई सहज बनाउन तथा ब्याजमा सरकारले घोषणा गरेको अनुदान कार्यान्वयन हुने बिश्वास गरिएको छ ।
प्रदेश ५ कृषि भुमि ब्यवस्था मन्त्रालयले कृषि क्षेत्रको ब्यवसायीकरण एवंम आधुनिकरणका लागि ब्यवसायीक कृषकहरुलाई सहुलियतपूर्ण कृषि ऋण तथा ऋणको ब्याजमा अनुदान उपलब्ध गराई सहज बित्तयि पुंजीबाट लगानी बृद्धि गर्ने उद्देश्यले कृषि बिकास बैंक र मन्त्रालय बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको उल्लेख छ ।
कृषि मन्त्रालयले प्रस्ताबित गरेको कार्यविधि अनुसार प्रदेश भित्र कार्यरत बाणिज्य बैंकहरुले कार्यविधि अनुसारको प्रकृया पुरा गरी कृषक उद्यमी, फर्म, कम्पनी, कृषक समुह तथा सहकारीहरुलाई राष्ट्रबैंकले तोकेको प्राथमिकता क्षेत्र कर्जाको रुपमा कृषि ऋण उपलब्ध गराउन सक्नेछन ।
सम्झौता भए पछि मन्त्रालयले तयार पारेको शुलभ कर्जा सहजीकरण तथा ब्याज अनुदान कार्यक्रम संचालन कार्य्बिधी बनाई कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश कृषि भुमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले हस्ताक्षर गरि पछि सेलाउने र सम्झौता कार्यान्वयनमा अलमल नगरिने प्रतिबद्धता ब्यक्त गर्नु भयो् ।
कार्यक्रममा बोल्दै कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले मन्त्रालय र बैंक बिच भएको सम्झौता कार्यान्वयन हुन सके कृषि क्षेत्रले धेरै प्रगति गर्न सक्ने बिश्वास ब्यक्त गर्नु भयोे ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रदेश कार्यालय, भैरहवाका प्रमुख चन्द्रसिंह थापा र मन्त्रालयका तर्फबाट मन्त्रालयका सचिव तेजबहादुर सुबेदीले हस्ताक्षर गर्नु भएको हो ।
यस्तै प्रदेश कृषि मन्त्रालय र कृषि तथा बन बिज्ञान बिश्वबिद्यालय रामपुर तथा कृषि तथा वन बिज्ञान क्याम्पस पक्लिहवा कृषि क्याम्पसका बिच छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ब्यवसाय र परियोजनालाई आधार मानेर बैंकले ऋण लगानी गर्नेछ भने मन्त्रालयले त्यस्ता किसानहरु पहिचानगरि लगानीका लागि सिफारिस गर्ने छ ।

≪ Previous Post

किसानको जिवनस्तर सुधारका लागि कृर्षिमा आधुनिकरण ,वजारिकरण र व्यवसायीकरण जरुरी: मुख्यमन्त्री पोखरेल

Next Post ≫

विना माग ट्रंक लाइनका नाममा विद्युत महशुल बिलिङ्ग गरेको भन्दै रुपन्देहीका २२ उद्योगी आन्दोलित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क